राशिफल

२०७६ साल चैत महिनाको मासिक राशिफल

२०७६ साल चैत महिनाको मासिक राशिफल

चैत महिनाको मासिक राशिफल !

मेष  (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

यात्रामा बिशेष सावधानी अपनाउनु पर्नेछ । धनमाल हराउन सक्ने सम्भावना रहेकाले बिशेष ख्याल गर्नुहोला । शत्रु परास्त भएर जानेछन । कला साहित्यको क्षेत्रमा रुचि बढ्नेछ । शैक्षिक क्षेत्रमा प्रगति हुनेछ । पारिवारिक झैँ झमेला देखिनेछ । समग्रमा मेष राशिका लागि मेष राशिका लागि यो महिना सुखद रहेको छ ।  

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) 

स्वास्थ्यमा समस्या देखिने भएकाले खानपानमा ध्यान दिनु पर्नेछ । मातापितासँगको सम्बन्धमा दरार देखा पर्नेछ । कृषि चौपायको क्षेत्रबाट बिशेषलाभ होला । पढाईमा प्रगति हुनेछ । 

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह)

बोलीको प्रभाव बढ्ने छ । मासको मध्यबाट कानुनी झमेला आइपर्न सक्नेछ । माताको स्वस्थ्यमासा सुधार हुनेछ । शिक्षा क्षेत्रमा खासै प्रगति हुने छैन ।  स्वास्थ्य अनुकुल रहनेछ । रिसलाई काबुमा राख्न सकेको खण्डमा बिशेष लाभ हुने छ ।  

कर्कट  (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

यो महिनामा तपाईका भाग्योदयको योग रहेको छ । बैदेशिक यात्रामा बाधा आइपर्ने छ । सांगीतिक क्षेत्रमा प्रगति हुनेछ ।  मातापिताको आशिर्वादले बिशेष लाभ हुनेछ ।  स्वास्थ्यमा समस्या आइपर्नेछ । दाम्पत्य जीवनमा रमाउने समय छ । नोकरीमा खासै प्रगति नहोला । 

सिंह  (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 

यस महिना तपाइको चोटपटकको भय रहनेछ । मासको मध्यबाट लामो यात्रा सुखद् र सफल हुनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । दैनिक कार्यमा प्रगती हुँदै जानेछ । आयको तुलनामा खर्चको मात्रा बढेर जानेछ । नयाँ बस्त्रलांकरले व्यक्तित्वमा निखारता ल्याउनेछ ।

कन्या  (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

कन्या राशी हुनेहरूकालागि चैत्र महिनामा विपरीत वर्गबाट विशेष सहयोग मिल्नेछ । व्यावसायिक क्षेत्रमा राम्रै फड्को मार्न सकिनेछ । वैदेशिक क्षेत्रको लगानी लाभदायक हुनेछ । नयाँ ठाउँमा घुम्ने योजना बन्नेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । अचल सम्पत्ती हातपर्ने योगछ । 

तुला  ( र, रि, रु, रे, रो, ता, ति, तु, ते)

शत्रु परास्त हुनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । जोस–जाँगर र हिम्मत बढ्नुका साथै शरीर पनि स्वस्थ रहनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । नयाँ ठाउँमा घुम्ने योजना पनि बन्नेछ । 

बृश्चिक  (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

साताको उत्तरार्धमा आफ्नो अधिकारका लागि संघर्ष गर्नुपर्ने छ । शैक्षिक क्षेत्रमा प्रगति हुनेछ ।  नजिकका व्यक्तिबाट धोका पाइनेछ । स्वास्थ्यमा बिशेष सावधानी अपनाउनु पर्नेछ । महिनाको मध्यबाट गतेबाट व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । पारिवारिक स्नेह बढ्दै जानेछ । आफूले काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । 

धनु  (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

खर्चिलो यात्रा रहनेछ । प्रेमी/ प्रेमिकाकाबिच खिन्नता बढ्नेछ । महिनाको उत्तरार्धबाट आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । आफ्नो इच्छानुसार समय बिताउन सकिनेछ । आस मारीसकेको ठाउँबाट धन हात पर्नेछ । 

मकर  ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

मान प्रतिष्ठामा वृद्धि हुनेछ । नया कामको प्रस्ताव आउनेछ ।  बोलीको प्रभावले धेरैको मन जित्न सकिनेछ । लेख्न कार्यमा प्रगति हुनेछ । स्वास्थ्यसम्बन्धी समस्याले सताउन सक्छ । पारिवारिक वातावरण सुखद रहनेछ । शिक्षको क्षेत्रमा प्रगति होला । नयाँ प्रेम प्रस्ताव आउनेछ। 

कुम्भ  (गु, गे, गो, सा, सि, सु, से, सो, द)

काम बन्नुका साथै नयाँ कार्यको थालनी हुनेछ । आफन्त एवं परिवारजनबाट पनि विशेष लाभ हुनेछ । शुभ कार्यको योग छ । कर्म प्राप्तिको योग देखिन्छ सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ । व्यापार व्यवसायमा बृद्धि हुनुका साथै शैक्षिक क्षेत्रमा विशेष लाभ हुने देखिन्छ । समग्रमा कुम्भ राशिका लागि चैत महिना शुभ फलदायी रहेको छ ।  

मीन  (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

 प्रेम सम्वन्ध कसिलो हुनेछ । हातहतियार चलाउँदा अलि विचार पुर्याउनु पर्नेछ । पारिवारिक सुख सन्तोष मिल्नेछ । सन्तान सुख पनि मिल्नेछ । इच्छाएको कामले पूर्णता पाउनेछ । स्वास्थ्यका लागि खानपानमा बिशेष ध्यान दिनु पर्नेछ । समग्रमा तपाईका लागि यो महिना सुखद रहेको छ ।  

 

#मासिक राशिफल

विशेष