मनोरञ्जन

न्युड जम्पसुटमा अभिनेत्रीको मोह, मलाईका पछि अब कट्रिना (तस्बिरसहित)

न्युड जम्पसुटमा अभिनेत्रीको मोह, मलाईका पछि अब कट्रिना (तस्बिरसहित)

एजेन्सी । बलिउड अभिनेत्रीहरु पहिरनमा पारख हुन्छन । उनीहरु चाहन्छन आफुले पहिरिएको पहिरन अरुको भन्दा फरक होस् र युनिक होस् । चाहे रेड कार्पेटमा होस् या जिमसुटमा अरु भन्दा फरक देखिन उनीहरु हरप्रयास गर्छन । यसका अलावा पनि कहिलेकहिँ अभिनेत्रीहरुको ड्रेस र स्टाइल एकै भइदिन्छ।  

यसपटक यस्तै भएको छ कट्रिना र मलाईकाको साथमा पनि। उनीहरुले हालसालै शेयर गरेको तस्बिरमा एकै जीमसुट पहिरिएको देखिएको छ ।  

कट्रिना कैफले सामाजिक संजालमा न्युड जिमसुट लगाएको तस्बिर शेयर गरेकी छिन भने, मलाइका पनि त्यस्तै कपडामा जिमको बाहिर स्पोट भएकी छिन यद्धपी दुवै अभिनेत्रीले आफ्नो लुकमा राम्रोसँग सन्तुलनमा राखेका छन ।  

यतिखेर कट्रिना र मलाईका दुवै जनाको तस्बिर सामाजिक सञ्जालमा भाइरल भईरहेको छ । प्रयोगकर्ताहरुले दुबैको तस्बिरलाई कालेज गरेर कसलाई राम्री देखिएको छ भनेर समेत तुलना गरिरहेका छन। 

कामको कुरा गर्दा कट्रिना यतिखेर चलचित्र सुर्यबंशीलाई लिएर चर्चामा छिन। त्यस्ता मलाइका भने यतिबेला  इंडियाज बेस्ट डांसर्सको जज गरिरहेकी छिन । 


 

कट्रिना कैफ मलाईका अरोडा

विशेष