मनोरञ्जन

एसिड पीडित मुस्कानको कथामा रमितले चलचित्र बनाउने

एसिड पीडित मुस्कानको कथामा रमितले चलचित्र बनाउने

काठमाडौंः अभिनेता रमित ढुंगानाले एसिड पीडित मुस्कान खातुनको कथामा चलचित्र बनाउने भएका छन् । चलचित्रको लेखन तथा निर्देशक शिवम् अधिकारीले गर्ने छन् ।

सामाजिक विषयमा र सचेतनाको विषयमा आफूलाई चलचित्र बनाउन मन लाग्ने भएकाले मुस्कानको विषयलाई रोजेको रमितले बताए ।  

धेरै चलचित्रमा अभिनय गरिसेकका रमितले यसअघि दुई चलचित्र निर्माण गरिसकेका छन् । रमितले २०६१ सालमा चलचित्र ‘माया नमार’ निर्माण गर्दै सोही चलचित्रबाट डेब्यु गरेका थिए । चलचित्र ‘बुद्ध बर्न इन नेपाल’ पनि रमितले नै निर्माण गरेका हुन् ।

मुस्कान खातुनको विषयमा बन्न लागेको चलचित्रको नाम ‘मुस्कान’ नै राखिएको छ । चलचित्रको लागि कलाकारको छनोट भइरहेको निर्माता ढुंगानाले बताए ।  

कोरोनाको त्रासका कारण चलचित्रको छायांकन सुरु नभएको रमितले बताए । चलचित्रको छायांकन विरगञ्जमा हुने उनले बताए ।  

रमित ढुंगाना मुस्कान खातुन

विशेष