भिडियो Breaking News पर्यटन कभर स्टोरी

सुखी नेपाली र समृद्ध नेपालको सपना साकार हुँदै ( भिडियोसहित)

सुखी नेपाली र समृद्ध नेपालको सपना साकार हुँदै ( भिडियोसहित)

मिर्गौला प्रत्यारोपणपछि तङ्ग्रीरहेका प्रधानमन्त्री केपी शर्मा ओली नियमित काममा फर्किएका छन् । आइतबार साँझ मात्रै उनी सार्क राष्ट्रका नेताहरुको भिडियो कन्फरेन्समा सहभागी भए । उनले कोरोना भाइरसको संक्रमणबाट कसरी बच्ने विषयमा आरामपूर्वक आफनो धारणा पनि राखे । 

चिकित्सकले विश्राममा बढी ध्यान दिन आग्रह गरेपनि उनी यसरी सक्रिय भएर काममा लाग्नुलाई नेकपा गण्डकी प्रदेशका सांसद् राजिव पहारी प्रधानमन्त्रीको अदम्य साहस, इच्छाशक्ति र आत्मविश्वास नै भएको ठान्छन् । 

सांसद पहारी भन्छन्, ‘ प्रधानमन्त्री ओली बचपनदेखि नै कठोर संघर्षका चरण पार गर्दै आउनु भएको नेता हो । आफूले जति दुःख पाएपनि मुलुक र जनताप्रति उहाँ सधैं इमान्दार हुनुुहुन्छ । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेर यति चाँडै सक्रिय हुनु उहाँको इच्छाशक्ति र आत्मविश्वास नै हो । उहाँको यही लगन र आत्मविश्वासले मुलुक समृद्धिको लक्ष्यमा पुग्ने निश्चित छ । ’

सांसद पहारी गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका दुतका रुपमा पोखराका पर्यटन व्यवसायीलाई लिएर काठमाडौं आएका हुन् । कोरोना भाइरस संक्रमणका कारण पर्यटन क्षेत्र धराशायी हुन थालेपछि त्यसको समाधान र सम्बोधनबारे उनले सरकारका मन्त्रीहरुलाई ज्ञापनपत्र बुझाउँदै ध्यानाकर्षण गराएका छन् । 

सांसद पहारी सहितको टोलीले  उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री डा. युवराज खतिवडा, संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश कुमार भट्टराई, परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई ज्ञापन पत्र बुझाएको हो ।

पहारीसहितको टोलीले अरवौं रकम बैंकबाट ऋण लिई लगानी गरेको जानकारी गराउँदै मुलुकको आर्थिक विकास र समृद्धिको मेरुदण्डको रुपमा रहेको पर्यटन क्षेत्रमा संघीय सरकारले विशेष प्याकेजको घोषणा गरी व्यवसायीमा राहतको व्यवस्था गरिदिन आग्रह गरेको छ ।

टोलीले बैंकबाट ठूलो ऋण लिएर व्यवसाय शुरु गरेको उल्लेख गर्दै कर्जाको पुर्नतालिकिकरण गर्नुपर्ने, संकट व्यवस्थापन कर्जाको व्यवस्था गर्नुपर्ने, पुनकर्जाको माध्यमबाट व्याजदर घटाउनुपर्ने, जरिवाना, विलम्ब शुल्क हटाउनुपर्ने, व्यवसायीले विभिन्न शिर्षकमा तीनवटै सरकारलाई बुझाउनुपर्ने कर तथा राजश्वमा ५० प्रतिशत छुटको व्यवस्था गर्नुपर्ने, विद्युत महशुलमा सहुलियत प्रदान गर्नुपर्ने, घरभाडा तथा घरबहाल करमा ५० प्रतिशत छुटको व्यवस्था गर्नुपर्ने तथा प्रत्येक प्रदेशमा कोरोना भाइरस संक्रमितलाई भरपर्दो तथा विश्वासिलो क्वारेन्टाईन सेन्टरको व्यवस्था गर्नुपर्ने लगायतका माग गरेका छन् ।

सबै मन्त्रीहरुले आफूहरुका समस्या गम्भीरतापूर्वक सुनेकाले छिटो भन्दा छिटो सम्बोधन हुनेमा आफू आशावादी रहेको पहारीले बताए । 

विशेष