‘क्याप्टेन’की अभिनेत्री प्रियंकाले गरिन् इन्गेजमेन्ट

काठमाडौंः ‘क्याप्टेन’बाट नेपाली फिल्ममा डेब्यू गरेकी अभिनेत्री प्रियंका एमभीले इन्गेजमेन्ट गरेकी छन् । उनले प्रेमी सफल अधिकारीसँग इन्गेजमेन्ट गरेकी हुन् । प्रियंका र सफलको शुक्रबार इन्गेजमेन्ट भएको हो ।
इन्गेजमेन्ट समारोहमा दुबै पक्षका परिवार सदस्यको मात्र सहभागीता रहेको थियो । सफल पेसाले इन्जिनियर हुन् ।
प्रियंकाले गत प्रणय दिवसको दिन इन्स्टाग्राममार्फत आफू सफलको प्रेममा रहेको सार्वजनिक गरेकी थिइन् ।
इन्गेजमेन्ट पछि प्रियंकाले इन्स्टामा प्रेमीसँगको रोमान्टिक तस्बिर समेत सार्वजनिक गरिरहेकी छन् । शनिबार अभिनेत्री आँचल शर्माको बिवाह भोजमा समेत प्रियंका र सफलसँगै देखिएका थिए ।
इन्गेजमेन्ट प्रियंका एमभी