मनोरञ्जन

‘डान्सिङ विथ स्टार नेपाल’ सुरु हुँदै, ऋषि धमलादेखि ज्योति मगरसम्म प्रतियोगी

‘डान्सिङ विथ स्टार नेपाल’ सुरु हुँदै, ऋषि धमलादेखि ज्योति मगरसम्म प्रतियोगी

काठमाडौंः हिमालय टेलिभिजनले डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ स्टार्स’ को उत्पादन तथा प्रसारण गर्ने भएको छ । यो रियालिटी शो वैशाख पहिलो साताबाट हरेक शुक्रबार र शनिबार राति ८ बजेदेखि प्रसारण हुनेछ । शो पहिलो सिजन २६ इपिसोडको हुने बताइएको छ । 

बीबीसी स्टुडियोले शुरू गरेको यो रियालिटी शो बेलायत, अमेरिका, अष्ट्रेलिया, भारत लगायत विश्वका सयभन्दा बढी देशमा प्रसारण भइरहेको छ ।

नेपालमा यस शोमा १२ जना प्रतिस्पर्धी हुने छन् । जसमा गायक बुद्ध लामा, सृष्टि केसी, टिकटक स्टार दीपा र दमन्ता, कमेडियन उमेश राई, पत्रकार ऋषि धमला, मैथिली नायिका पुजा ठाकुर, बालकलाकार देवांशी बैदवार, मिस नेपाल युनिभर्स मनिता देवकोटा, नायक अनुप विक्रम शाही, मोडल ज्योति मगर, मोडल सुमी मोक्तान र फुटबल खेलाडी अनिल गुरुङ रहेका छन् ।

उनीहरूलाई युमी बलामी, राजिव कुमार, कविता नेपाली, प्रमोद कुमार भण्डारी, सुभम भुजेल, लाउरे सिंह, कोमल पाण्डे, केविका पाण्डे, सुनिल विक, प्रविन विक, भिजु पार्की, केशव थापाले कोरियोग्राफ गर्नेछन् ।

निर्णायकको रूपमा गौरी मल्ल र रेनाशा बान्तवा राई रहेका छन् भने एक जना निर्णायक छनौट गर्न बाँकी रहेको बताइएको छ । कार्यक्रमको उद्घोषण सुमन कार्कीले गर्नेछन् ।

भारतमा यो शो ‘झलक दिखलाजा’ नामले परिचित छ । दर्शकको भोट र निर्णायकको निर्णयका आधारमा हरेक हप्ता एक जना प्रतियोगी बाहिरिनेछ । विजेताले २५ लाख र गाडी पुरस्कार पाउने छन् ।  

ऋषि धमला ज्योति मगर डान्सिङ विथ स्टार्स ’

विशेष