जन्मिनेबित्तिकै किन रुन्छन बच्चा ?

कुनै पनि बच्चा जन्मिएपश्चात रुनु स्वाभाविक हो। वास्तवमा जन्मपछि बच्चा रुनु भनेको उसको स्वास्थ्य अवस्था ठिक हुनु भन्ने हो। तर केहि बच्चाहरु भने जन्मेको केहि समयसम्म पनि रुँदैनन, जुन एक हदसम्म सामान्य पनि हो। तर के तपाईलाई थाहा छ जन्मेको २४ घन्टामा बच्चाको रुनु कति महत्वपुर्ण छ ?
जन्मिएपछि रुनु किन जरुरी छ ?
९ महिनासम्म आमाको कोखमा बसी पृथ्वीमा आएपछि रुनु जायज हो । सरल भाषामा भन्दा पृथ्वीमा जन्मिएपछि शिशु रुनु भनेको उसको स्वास्थ्य ठिक छ भन्ने संकेत गर्नु हो। भगवानले पनि मानिसका निम्ती केहि अचम्मका निती नियमहरु बनाएका छन जसमा जन्मिने बित्तिकै रुनु एक हो। जब कुनै बच्चा जन्मना साथ रुन्छ त्यसको मतलब उसको फोक्सो र मुटुले राम्रोसँग काम गरिरहेको छ भन्ने हुन्छ। यदि बच्चा जोर जोरले रोईरहेको छ भने त्यसको मतलब उसको स्वास्थ्य स्थिति सामान्य छ भन्ने हुन्छ। तर यदि बच्चा बिस्तारै रोईरहेको छ भने उसमा केहि समस्या भएको बुझ्नु पर्छ। यस्तो अवस्थामा डाक्टरले बच्चाको स्वस्थ परिक्षण पनि गर्ने गर्छन ताकी बच्चाको स्वास्थ्यमा कुनै समस्या नदेखियोस।
रुनुको कारण
पेटमा हुर्किरहेको बच्चाले गर्भनालको माध्यामबाट सास फेर्छ । तर जब उ जन्मिन्छ उसलाई आफैले सास लिनु पर्ने हुन्छ। जब बच्चा आफैले सास लिन थाल्छ तब उसको नाकमा भएको तरल पदार्थ बाहिर निस्कन्छ। जसका कारण बच्चालाई सास फेर्न अलि गाह्रो हुन्छ। यदि बच्चाले रोएर तरल पदार्थ ननिकाले डाक्टरले टेस्टट्युबको माध्यामबाट निकाल्ने गर्छ।
कति रुनु आवश्यक छ
जन्मिनेबित्तिकै रुनु बच्चाको लागि महत्वपुर्ण छ। यदि जन्मिएको २४ घण्टाभित्र बच्चा २ देखि ३ घण्टा रुँदैन भने त्यहाँ समस्या निम्तन सक्छ। त्यस्तै बच्चा ३ घण्टा भन्दा बढी रोएमा पनि चिकित्सकको सल्लाह लिनु आवश्यक छ। कुनै बेला स्वास्थ्य समस्याका कारण पनि बच्चाहरु बढी रुने गर्छन। जति जति बच्चा ठुलो हुँदै जान्छ उनीहरु रुनामा पनि कम हुँदै जान्छ।
कहिले कहिले रुन्छ
हरेक दिनको ३ घण्टा बच्चाको रुनु आवश्यक छ। हुन त जब बच्चालाई भोक लाग्छ उ सबैभन्दा धेरै रुन्छ।
शिशु जन्म रुनु