कभर स्टोरी

कांग्रेस पश्चिम नवलपरासी विवादको वास्तविकता

कांग्रेस पश्चिम नवलपरासी विवादको वास्तविकता

नेपाली कांग्रेस पश्चिम नवलपरासीको पार्टी भित्र राजनीतिक  धुर्बीकरण  दुई कित्तामा चुलिएको छ  । पार्टी सभापति  शेरबहादुर देउवा र पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल   पक्ष गरी जिल्लाका नेताहरु दुई कित्तामा उभिएपछि पार्टी धुर्वीकरण देखिएको हो   । 

पार्टीका केन्द्रीय  महामन्त्री डा. शशांक कोईरालाको निर्वाचन क्षेत्र  ( हाल पूर्बी नवलपरासी ) भनिएको तर यर्थातमा फरक जिल्ला पश्चिम नवलपरासीका उपसभापति अर्जुन कुमार पोखरेलले   विधान विपरित उपसभापति सहित पदाधिकारी मनोनयन,  जिल्ला सदस्य मनोनयन र आमन्त्रीत सदस्य मनोनयन गर्ने तथा  साविक नवलपरासी जिल्लाका निर्वार्चीत सभापति बिष्णु लामीछानेले मनोनयन गरेको जिल्ला सदस्य र अन्य बिभागीय प्रमुखलाई हटाएको लगायतका काम गरेकै कारण बिवादले चर्को रुप लिएको हो  । 

पार्टीले केही दिन अघि   रिक्त सभापति पदमा जिल्लाका पुराना नेता  एवंम् महासमिती सदस्य  बिष्णु पौडेललाई जिम्मेवारी दिएको थियो   । वर्तमान् उपसभापति पोखरेल महाधिबशेन/ महासमिती सदस्य नरहेका कारण जिल्लाका पुराना नेता एवंम् महासमिती सदस्य बिष्णु  पौडेललाई पार्टीको बिधान २५ ( ७ ) अनुसार सभापतिको  जिम्मेबारी दिईएको पार्टीको केन्द्रिय कार्यालयद्धारा पठाईएको पत्रमा उल्लेख गरिएको छ  ।  

तर ,  उपसभापति पोखरेल  महाधिबशेन / महासमिती सदस्य  हुनुहुन्न । यद्यपी  पार्टीको बिधान १२  ( ५ )  को ( क १ )  अनुसार  सभापति पदकालागी  महाधिबशेन /  महासमिती सदस्य हुनुपर्ने अनिवार्य छ  । 

अहिले पनि पार्टीका उपसभापति अर्जुन कुमार पोखरेललाई नै सभापति  बनाउनुपर्ने पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल निकटका केही नेताहरुले अडान लिदै आएका छन्   । 

नेपाली कांग्रेस पश्चिम नवलपरासी जिल्ला कार्य समितीमा रिक्त रहेको पार्टीको जिल्ला सभापति पदमा पार्टीले पुराना नेता बिष्णु पौडेललाई जिम्मेवारी दिएपछि  पुरानो नेतालाई न्याय भएको नेता कार्यकर्ताको   ठम्याई छ । 

पोखरेल कार्यवाहक सभापति रहदा जिल्लामा साविक फोरम लोकतान्त्रिक र कांग्रेस बिच जिल्लामा भएको लिखीत सहमती कार्यान्वयन गर्न समेत वेवास्ता गर्दै आएका कारण विवाद झन चुलिएको  पार्टीका जिल्ला सदस्य देवराज भण्डारी बताउनुभयो  । 


पार्टीले पत्राचार गरेपछि जिल्ला सभापति पौडेललाई सबैले सहयोग गुर्नपर्ने  र  पौडेललाई पाटीले न्याय गरेको देउवा निकट जिल्ला स्थित नेताहरुको तर्क छ तर अझै पनि उपसभापति पोखरेललाईनै सभापति बनाउनुपर्ने अडामा रामचन्द्र पौडेल निकटका जिल्लाका नेताहरु लागेका छन् । 

अहिले जिम्मेबारी पाएका सभापति पौडेल पार्टी सभापति शेर बहादुर देउवा निकट मानिन्छन् । यता बर्तमान उपभापति  पोखरेल पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल निकट मानिन्छन् । यो जिल्ला समग्र रुपमा देउवा पक्षको बलियो जिल्लाको रुपमा मानिन्छ  । पार्टीका प्रभावशाली नेता केन्द्रिय सदस्य देवेन्द्रराज कण्डेल प्रभाव रहेको यस जिल्ला पार्टी सभापति देउवाको बलियो स्थान मानिन्छ  । मतदाता माझ राम्रो पटक भएको मानिएका कण्डेल पार्टी सभापति देउवाका बिश्वासीला मात्र मानिन्छन् । 

गत निर्वाचनमा स्थानिय तहको निर्वाचनलाई आधार मान्दा करिब ५ हजार मतले पछिल्लो स्थान रहेका पश्चिम नवलपरासीको संघीय  निर्वाचन क्षेत्र नम्बर २  मा कँडेलले   १० हजार वढी मत अन्तरले संघीय सांसदको निर्वाचन जितेपछि कँडेलको राजनीतिक उँचाइ झन बढेको छ । 

साविक नवलपरासी जिल्लाको नेपाली कांग्रेसका जिल्ला सभापति हुदै  हाल केन्द्रिय सदस्य एवम् केन्द्रिय अनुसासन समितीको सदस्यको जिम्मेवारीमा समेत रहेका कण्डेल जनमानसमा राम्रो पकड बनाएका छन् । 

जिल्लाको पार्टी राजनीतिमा  कँडेललाई  एक्लो बनाउने दाउमा जिल्लामा  रामचन्द्र पौडेल निकटका  जिल्ला स्थित नेताहरु एक जुट भएर लागेका छन् ।  कँडेललाई सिध्याएर आफ्नो गुठ बलियो बनाउने  दाउमा रामचन्द्र निकटमा नेताहरु रहेका छन् । 

आफु जिल्लाको पार्टी सभापतिको भुमीकामा रहेदा आफ्नो नेतृत्वमा पार्टीको केन्द्रिय महासमितीको बैठक समेत साविक नवलपरासी जिल्लाको त्रिबेणी धाममा गर्न सफल कँडेल  पार्टी सभापति देउवा निटक मानिन्छन । 

यसरी पछिल्लो  पटक देखिएको जिल्लाको धुर्वीकरण अनुसार शेरवहादुर पक्षमा पार्टीका केन्द्रिय सदस्य  देबेन्द्रराज कण्डेल , बर्तमान् पार्टी जिल्ला सभापति बिष्णु पौडेल  , जिल्ला समन्वय समितीका प्रमुख शिब शंकर प्रसाद राय  , उपप्रमुख अब्दुल रहमान चुरिहार ,  प्रदेश सभा सदस्य बैजनाथ जयसवाल  , जिल्लाका नेता राधेश्याम पाठक , संगठन बिभाग प्रमुख राजेन्द्र सहानी  ,   प्रतापपुर गाउंपालिकाका प्रमुख राजकुमार शर्मा  , उपप्रमुख अन्जु चौधरी ,   सरावल गाउंपालिकाका प्रमुख राधेश्याम चौधरी  ,उपप्रमुख उत्तमा कुमारी राय  ,  पार्टीका केन्द्रिय नेता अनिल गौड  , पार्टी सहसभापति सुवास चन्द्र गिरी  सहित फोरम लोकतान्त्रिका सबै जसो नेता यही टिममा छन् । 

यता बरिष्ठ नेता पौडेलको पक्षमा पूर्व सांसद देवकरण कलवार, विक्रम खनाल, सुनवल नगरपालिकाका प्रमुख भरत थापा  र रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र गुप्ता , पार्टी सचिब बिक्रम यादव लगायत यस टिममा छन् । 

यसअघि उपसभापतिको जिम्मेबारीमा रहेका अर्जुन कुमार पोखरेल कार्यवहाक सभापतिको रुपमा केही समय अघि सम्म  काम गर्दै आएका थिए   । यद्यपी सो क्रममा समेत पार्टी उपसभापति पोखरेलले पार्टीलाई  एकपक्षिय ढंगले काम गर्दै आएको आरोप लाग्दै आएको थियो  ।  

पश्चिम नवलपरासीमा कांग्रेस भित्र पार्टीका केन्द्रिय सदस्य कँडेल  र पूर्व  सांसद  विक्रम खनालको गुट फरक फरक कित्तामा बिभाजन छ  । 

जिल्लामा संघ र प्रदेश निर्वाचनको क्रममा पूर्वसन्यधामा जिल्लामा भएको सहमती अनुसार साविक लोकतान्त्रिक फोरम कांग्रेसमा समायोजन भई आएपछि पूर्व लोकतान्त्रि फोरमको जिम्मेबारीमा रहेका नेताहरुलाई मर्यादाक्रम अनुसार पार्टीमा काम गर्ने गरी उचित ब्यवस्थापन गर्नुपर्ने पक्षमा पार्टीका  केन्द्रिय सदस्य कँडेल  उभिएका छन् । 

कण्डेल ईतरको पक्ष साविक फोरम लोकतान्त्रिकबाट समायोजन भई आएकालाई खासै जिम्मेबारी नदिने , सहमती पनि नमान्ने  तथा  जिल्लामा यस अगाबै   फोरम लोकतान्त्रिक संग गरिएको लिखित सम्झौता कार्यान्वयन नपर्ने पक्षमा लागेका छन् । ( नेपाली कांग्रेस र साविक फोरम लोकतान्त्रिक )यद्यपी सो  सहमतीमा जिल्ला तहका सम्पुर्ण नेता तथा पार्टीको उम्मेदवारहरु हस्ताक्षर रहेको  छ । 

पहिला साविक लोकतान्त्रिक फोरमका साथीहरुलाई उचित ब्यवस्थापन गर्ने गरी सम्झौता गरियो  स्वयम् पार्टीका उपसभापति पोखरेको अध्यक्षतमा भएको बैठकबाट लिखित सहभागी गरिएको हो तर कार्यान्वयनको पक्षमा उपसभापति पोखरेलले बेवास्ता गर्दै आएको पार्टीका सहसभापति गिरीको दाबी छ  । 


साविक लोकतान्त्रिक फोरमका सबैजसो नेता कार्यकर्ता पार्टीका केन्द्रिय सदस्य कण्डेलको गुटमा आबद्ध छन् । कण्डेलले साविक लोकतान्त्रिक फोरमका साथीहरुलाई उचित ब्यवस्थापन गर्नुपर्ने र जिल्लामा भएको लिखित सम्झौता कार्यान्वयन हुनुपर्ने अडान लिदै आएका हुन् । 

कण्डेलले साविक लोकतान्त्रिक फोरमलाई ब्यवस्थापन गर्ने मुद्दा उठाएको कण्डेल पक्ष र सो  लिखित सहमती नमार्ने  पक्षमा देखिएको रामचन्द्र पौडेल निकटका नेताका कारण जिल्ला  पार्टी दुई धुर्वीकरणमा बिभाजन भएको बताईन्छ  । 

केन्द्रीय तहमा कांग्रेसमा समयोजन भएको फोरम लोकतान्त्रिकको सहमती एउटा फरक अवस्था नवलपरासीमा छ । किनभने केन्द्रमा सहयोजन नहुदै पश्चिम नवलपरासी जिल्लामा कांग्रेस र साविक फोरम लोकतान्त्रिकका  जिल्ला स्थित शिर्ष नेताहरु बिच लिखित सहमती भएको थियो   ।  सो सहमती कार्यान्वयन गर्नुपर्न कँडेल  निकट नेता कार्यकर्ताको तर्क छ भने सो बेलामा गरेको  लिखित निर्णय नमान्ने पक्षमा कण्डेल ईतर पक्षको ठम्याई छ  । 


यस अगाबै  पोखरेल  उपसभापति अथवा कार्यवहाक सभापतिको भुमीकामा हुनुहुन्थ्यो । पार्टीको १३ औ महाधिबेशनको पुर्वसन्ध्यामा अघिल्लो संरचना अनुसार नेपाली कांग्रेस जिल्ला कार्य समिती नवलपरासीको जिल्ला सभापतिमा  देउवा प्यालको तर्फबाट उम्मेबार बनेर  बिष्णु लामीछाने निर्वार्चीत भएका थिए   । 

पछिल्लो संघीय संरचना अनुसार साविक नवलपरासी जिल्ला दुई जिल्लामा बिभाजन भएपछि  स्वतः पार्टी संरचना समेत दुई भागमा बिभाजन भएको थियो   । साविकका सभापति बिष्णु लामीछानेले नवलपुर जिल्ला रोजेपछि र सोही क्षेत्रबाट प्रदेश सभा सदस्य निर्वार्चित भएपछि लामीछाने स्वत पार्टीको  नवलपुर जिल्लाको सभापति भएका थिए  । हालसम्म उपसभाति पोखररले कार्यवाहक सभापतिको रुपमा काम गर्दै आउनुभएको थियो  । यद्यपी नवलपुर जिल्लाका सभापति बिष्णु लामीछाने पार्टीमा सबैको अपनत्व हुनेगरी नेतृत्वले समस्या समाधान गर्नुपर्ने पक्षमा उभिएका छन् । लामीछाने पार्टीका महामन्त्री डा . शशांक कोईराला निकट मानिएपनि देउवा गुटबाट जिल्लामा पार्टीको जिल्ला सभापति बनेका थिए   ।

विशेष