Technology

आईफोन निर्माता कम्पनी एप्पललाई अहिलेसम्मकै ठुलो जरिवाना

आईफोन निर्माता कम्पनी एप्पललाई अहिलेसम्मकै ठुलो जरिवाना

एजेन्सी। आईफोन निर्माता कम्पनी एप्पललाई फ्रान्सको प्रतिस्पर्धा प्राधिकरणले अमेरिकाका अहिलेसम्मकै ठूलो जरिवाना तिराउने निर्णय लिएको छ।

एप्पलले आफ्नो आर्थिक हैसियत दुरुपयोग गरेर स्वतन्त्र रिटेल डिस्ट्रिब्युटर्सप्रति गैरप्रतिस्पर्धा व्यवहार गरेको आरोपमा प्राधिकरणले यति ठूलो धनराशिको जरिवाना गरेको हो। 

प्राधिकरणले एप्पललाई सोमबार १.२ बिलियन डलर अर्थात् १ खर्ब ४५ अर्ब ६० करोड रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको छ । फ्रान्समा कुनै पनि कम्पनीले लगाइएको जरिवाना यो नै सबैभन्दा ठूलो हो । यसका साथै प्राधिकरणले एप्पलको होलसेल डिस्ट्रिब्युटर टेक डाटा र इंग्राम माइक्रोलाई पनि १४० मिलियन युरोको जरिवाना तोकेको छ।

यी दुवै डिस्ट्रिब्युटर्सले एप्पलसँग मिलेर साना डिस्ट्रिब्युटर्सको हितमाथि खेलवाड गरेको प्राधिकरणको आरोप छ। यी दुवै डिस्ट्रिब्युटर्सले एप्पलका सामान बेच्दा साना रिटेलर्सलाई बढी मूल्य लगाउँदै आएका छन्। 

यसअघि सन् २०१२ मा एप्पलमाथि एउटा स्वतन्त्र प्रिमियम रिसेलरले गैरप्रतिस्पर्धी व्यवहार गरेको आरोप लगाएको थियो। यसैगरी गत महिना पनि फ्रान्सले एप्पललाई २५ मिलियन युरोको जरिवाना लगाएको थियो। यो जरिवाना आईफोन अपडेट गर्ने बहानामा झनै स्लो गरेको आरोपमा लगाइएको थियो।

एप्पल जरिवाना

विशेष