स्वास्थ्य

नेपालमा कोरोना: हालसम्मको परिक्षणमा सबै रिपोर्ट नेगेटिभ

नेपालमा कोरोना: हालसम्मको परिक्षणमा सबै रिपोर्ट नेगेटिभ

काठमाडौँ । बिश्वभरी महामारीका रुपमा फैलीरहेको कोरोना भाइरस कोभिड १९ को नतिजा नेपालमा भने नेगेटिभ देखिएको छ। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ दीपेन्द्ररमण सिंहका अनुसार आइतबारसम्म ४६७ नेपालीको कोरोनाको परीक्षण गरिएको र सबैको नतिजा नेगेटिभ अर्थात् सकारात्मक देखिएको जनाएका छन। 

नेपाल बिज्ञान तथा प्रबिधि प्रज्ञा प्रतिष्ठान नाष्टले आयोजना गरेको संवाद कार्यक्रममा स्वास्थ्य बिशेषज्ञ तथा नाष्टका बैज्ञानिकहरुले सरसफाइ अपनाउँदा कोरोना भाइरसको जोखिम कम गर्न सकिने जानकारी दिएका छन ।

कोरोना भाइरस कोभिड १९: जानकारी  तथा जनचेतना बिषयक सो कार्यक्रममा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डाक्टर बासुदेव पाण्डे , नाष्टका मुख्य बैज्ञानिक कान्ती श्रेष्ठ लगायतका वक्ताले मास्क र सेनीटाइजरको सहि प्रयोग गर्न सबैलाइ सुझाव दिए ।

उनिचारुले हात धुने बानी नै रोग लाग्न नदिने उत्तम उपाय भएकाले हात धुन पानी उपलब्ध नभएको अवस्थामा मात्र सेनीटाइजर प्रयोग गर्न सुझाव दिए ।।

कोरोना परिक्षण नेपालमा नेगेटिभ

विशेष