स्वास्थ्य

कोरोना र ज्वरोमा के फरक छ ? जानिराखौं

कोरोना र ज्वरोमा के फरक छ ? जानिराखौं

चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण हाल विश्वभर नै फैलिरहेको छ । विश्वभरका ७ हजार भन्दा बढी मानिसको ज्यान लिईसकेको कोरोना भाइरसबाट बच्नका लागि सरकार र स्वास्थ्य केन्द्रहरुले सरसफाईमा बिशेष ध्यान दिन र उच्च सतर्कता अपनाउन सुझाएको छ। उसो त घर, अफिस, स्कुलहरुमा स्यानिटराइजको प्रयोग गर्न समेत सुझाव दिइएको छ। 

अर्को तर्फ मौसमको परिवर्तनका कारण मानिसहरु रुघाखोकी, ज्वरो जस्ता समस्याले दिनानुदिन ग्रसित हुँदै गइरहेका छन। हामीलाई थाहा नै छ कोरोना भाइरसको लक्षण पनि सामान्य रुघाखोकीको जस्तै हुन्छ। यसै कारणले पनि मानिसहरु बढी कोरोनाबाट आतंकित भएका छन। तर हालै मात्रै स्वास्थ्य बिशेषज्ञले कोरोना र सामान्य रुघाखोकीमा फरक हुने बताएका छन 

पहिलो लक्षण: ज्वरो 

स्वास्थ्य चिकित्सकका अनुसार सामान्य रुघखोकिमा नाक बन्द हुन्छ, सास फेर्न गाह्रो हुन्छ र नाकबाट सिंगान बग्छ । तर कोरोनामा यस्तो हुँदैन किनकि यस भाइरसले सिधै फोक्सोमा हानी पुर्याउछ जसका कारण यस भाइरसबाट संक्रमित मानिसमा सुख्खा खोकी लाग्छ। साथमा ८/१० दिनसम्म १०४ डिग्री ज्वरो आइरहन्छ । 

दोस्रो लक्षण: सास फुल्नु 

पहिलो लक्षणको १ हप्ता पछि संक्रमित व्यक्तिको सास फुल्न थाल्छ। व्यक्तिमा सास फेर्नमा समस्या हुन थाल्छ र फोस्कोमा इम्न्फेक्सन भएको कारण पिडितहरु थोरै समय हिड्दा पनि छिट्टै नै थाक्छन। 

आउनुहोस जानौं महामारीबाट बच्ने केहि टिप्स 

-सकेसम्म  घरमा नै बनेको ताजा खाना खाने, बाहिरी खाना खाँदा बिशेष ध्यान दिने 

-हात धुँदा स्यानिटराइजको प्रयोग गर्ने

-बाहिर निस्कदा मास्क लगाउने तथा मुख छोपेर निस्कने 

-ज्वरो, खोकी लागेमा तुरुन्तै चिकित्सकको सल्लाह लिने 

 

 

 

कोरोना ज्वरो अन्तर

विशेष