स्वास्थ्य

कोरोनाविरुद्धको भ्याक्सिनको परीक्षण सुरु

कोरोनाविरुद्धको भ्याक्सिनको परीक्षण सुरु

काठमाडौँ। विश्वव्यापी रुपमा महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) विरुद्धको भ्याक्सिनको परीक्षण अमेरिकामा शुरु गरिएको छ ।

चीनबाट फैलन शुरु भएको भाइरस विरुद्धको औषधी हालसम्म नबन्दा सङ्क्रमण र मृत्यु हुनेको संख्या दिनहुँ बढीरहेको छ । सङ्क्रमणका कारण थप क्षति हुन नदिन अनुसन्धाकर्ताले भाइरस विरुद्धको भ्याक्सिन निर्माण गरी त्यसको परीक्षण गरेका हुन् । शुरुवातमा ४५ जना स्वतन्त्र स्वास्थ्य स्वयंसेवकहरुलाई भ्याक्सिन दिइएको छ ।

उनीहरुलाई सियाटल राज्य स्थित केइसर पेरमानेन्ते अनुसन्धान केन्द्रमा राखिएको छ । भ्याक्सिन दिइएकाहरुको अबको एक महिनाको गतिविधी हेरेर भ्याक्सिनले काम गरेको वा नगरेको थाहा हुने अनुसन्धानमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

तर कोरोना कै जीवाणुलाई प्रयोग गरेर बनाइएको भ्याक्सिन लगाएका मानिसहरुमा कोभिड-१९ को संक्रमण नहुने विश्वास उनीहरुको छ ।विश्वमा हालसम्म कोरोना भाइरसबाट १ लाख  ८० हजारभन्दा बढी सङ्क्रमित भएका छन् भने ७ हजार १ सय जनाभन्दा बढीको मृत्यु भइसकेको छ ।।

भ्याक्सिन परीक्षण कोभिड-१९

विशेष