राशिफल

चैत ५ गते कुन राशिका लागि शुभ रहला ? हेर्नुहोस आजको राशिफल

चैत ५ गते कुन राशिका लागि शुभ रहला ? हेर्नुहोस आजको राशिफल

आज मिति २०७६ साल चैत महिनाको ५ गते बुधबार, तदअनुसार सन् २०२० मार्च १८ तारिख, तपाईका लागि आजको दिन कस्तो  रहला ? हेर्नुहोस राशिफल !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

शैक्षिक क्षेत्रमा प्रगति हुनेछ। महिलावर्गबाट विशेष सहयोग मिल्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ । शेयरको कारोवारमा सफलता मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आफन्तका बीचमा खटपट, चिन्ता र शङ्का उब्जनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । मनमा निराशा र शरीरमा आलस्य आउला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिन छ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । सामाजिक कार्यमा मन जाला । कूटनीतिक नियोगको सहयोग मिल्ला । दैनिक कार्यमा प्रगति हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । स्वादिष्ट भोजन पाईनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वित्तिय संस्थाबाट सहयोग पाईनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

आज आर्थिक लेनदेनमा समस्या देखा पर्ला । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । यातायात वा वाहनमा खर्चपनि बढ्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

दाम, इनाम र प्रतिष्ठा कमाउने समय छ । कुटुम्बको सहयोग मिल्नेछ । घरमा अतिथीको आगमन हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

शुभकार्यको चर्चा चल्नेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ । छोटो दुरीको लाभदायक यात्रा रहला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ । दैनिक कार्यमा सफलता नै मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

आज नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । आर्थिक कारोवारमा मन्दी आउनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । मनमा शान्ति र अनुहारमा कान्ति छाउला । अचल सम्पत्तिको कारोवार हुनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पादन हुनेछन् । आफन्तको प्रगतिमा मन रमाउनेछ । दिनको उत्तरार्ध अधिक सुखद् रहनेछ । - ज्यो.प. नारायणप्रसाद दुलाल
 


 

#Horoscope#

विशेष