मनोरञ्जन

रणवीर र आलियाको ब्रेकअप

रणवीर र आलियाको ब्रेकअप

एजेन्सी। लामो समयदेखि एकअर्कासंग डेट गरिरहेका अभिनेता रणवीर कपूर र आलिया भट्टको सम्बन्धमा दरार आएको छ । छिटै बिवाह बन्धनमा बाँधिने खबर बाहिरिएसँगै यी दुईको ब्रेकअपको हल्लाले पछिल्लो समय बजार तताएको छ।  

रिपोर्टका अनुसार रणवीरले आलियाका साथमा राम्रो व्यवहार नगरेका र उनलाई इग्नोर गरेकाले एकाएक सम्बन्धमा चिसोपना आएको बताईएको छ। 

रणवीर र आलियाको ब्रेकअपको अड्कल आलियाको जन्मदिनमा रणवीर उपस्थित नभएपछि गरिएको थियो। जुनसुकै अवस्थामा पनि आलियासँगै साथै देखिने रणवीरलाई बिशेष दिनमा नदेख्दा यस्तो अड्कल काटिएको हो। 

आफ्नो सम्बन्धमा दरार नआएको उनीहरुले बताईरहेका छन। रणबीर कपूर र आलिया भट्टको अफियरको खबर चलचित्र ब्रह्मास्त्रको सुटिंगको दौरानमा बाहिरिएको थियो।

चलचित्र ब्रह्मास्त्रमा रणवीर र आलियाका अलावा अभिनेता अमिताभ बच्चन पनि मुख्य भूमिकामा रहेका छन। चलचित्रलाई यान मुखर्जीले निर्देशन गरिरहेका छन।    

 

आलिया भट्ट रणवीर कपूर ब्रेकअप

विशेष