Technology

मोटा र कुरुप अनुहार भएका मानिसहरुको भिडियोमाथि प्रतिबन्ध लगाउँदै टिकटक

मोटा र कुरुप अनुहार भएका मानिसहरुको भिडियोमाथि प्रतिबन्ध लगाउँदै टिकटक

एजेन्सी। चिनियाँ भिडियो शेयरिङ एप टिकटक चीनमा मात्र नभई पछिल्लो समय देशभर लोकप्रिय बन्न पुगेको छ। के बृद्ध, के बालक यतिखेर  टिकटक सबैको लागि पहिलो रोजाई बनेको छ। एक्लो भएको बेला समय बिताउने र पैसा कमाउने सजिलो माध्याम पनि हो टिकटक । कतिपयले टिकटकमा भिडियो अपलोड गरेकै बापत लाखौ कमाउछ। तर अब भने टिकटकले गरिब, कुरुप र अशक्त मानिसहरुको भिडियोमाथि प्रतिबन्ध लगाउने भएको छ। 

नयाँ प्रयोगकर्ताहरुको मानसिकतामा यस्ता मानिसका भिडियोहरुले नराम्रो असर पार्न सक्ने भएकाले टिकटकले यस्तो निर्णय गरेको हो। 'द गार्डियन'मा हालसालै प्रकाशित एक रिपोर्ट अनुसार टिकटकले  असाधारण शारीरिक बनावट भएका,मोटो, अरुभन्दा फरक मानिसको भिडियोहरुमाथि प्रतिबन्ध लगाउन लागिरहेको छ। 

त्यस्तैगरि नराम्रो स्थानमा सुट गरिएका भिडियोहरु पनि प्रयोगकर्ताको टाइमलाइनबाट हटाइने छ। टिकटकका एक प्रवक्ताका अनुसार 'हाम्रो उदेश्य भनेको नारामो कन्टेन्टलाई हटाएर,समाजलाई सकारात्मक दिशातर्फ लैजानु हो।'त्यसैले हामीले समाजमा नरामो असर पार्ने खालका भिडियोमात्र हटाउन लागेका हौँ।'

यसै गरि टिकटकले पनि प्ल्याटफर्मको गलत प्रयोग भन्ने रिपोर्ट लगातार आइरहेकाले यसको दुरुपयोग हुनबाट रोक्न मात्र यस्तो कदम चाल्नुपरेको बताएको छ। 

 

 

टिकटक भिडियो प्रतिबन्ध

विशेष