खेल

बैशाख १८ गतेसम्म देशका सम्पूर्ण खेल गतिविधि बन्द

बैशाख १८ गतेसम्म देशका सम्पूर्ण खेल गतिविधि बन्द

काठमाडौँ। सरकारले बैशाख  १८ गतेसम्मको लागि देशभर कुनै पनि खेल गतिविधी संञ्चालन नगर्न आग्रह गरेको छ । 

विश्वव्यापी त्रास बन्दै गइरहेको कोरोनाको संभावित जोखिमबाट बच्नका लागि सरकारले देशभरका सबै रंगशाला र खेल स्थल बन्द गर्ने निर्णय गरेको हो ।

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको हिजो बसेको बैठकले आगामी बैशाख १८ गते सम्मका लागि रंगशाला र खेल स्थल बन्द गर्ने निर्णय गरेको हो ।

 

बन्द खेल गतिविधि

विशेष