आजको दिन कुन राशिका लागि शुभ रहला ? हेर्नुहोस राशिफल
आज मिति २०७६ साल चैत महिनाको ७ गते शुक्रबार, तदअनुसार सन् २०२० मार्च २० तारिख, तपाईका लागि आजको दिन कस्तो रहला ? हेर्नुहोस राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
नयाँ कार्यको थालनी हुनेछ। परिवारमा सुख सन्तोष छाउनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । कला र गलाको प्रभाव बढ्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
मान सम्मान बढ्नेछ। साथीभाईको सर सहयोग मिल्नेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
सरकारी क्षेत्रबाट खासै सफलता मिल्ने छैन। व्यापार व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । अविश्वाश उत्पन्न हुनेछ । परिवारमा झैँ–झमेलाको अवस्था आउला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
रोकिएको धन हात पर्ला । धर्म कर्म,परोपकार,समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । अतिथिको रूपमा सत्कार पनि पाइनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफन्तजनसंग भेटघाट हुनेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । स्वादिष्ट भोजन पाईनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
शुभ समाचार सुन्न पाइएला । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । राज्यबाट मान सम्मान पाइनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
बन्न लागेको काम विग्रिनेछ । प्रेममा बाधाका साथै मन कमजोर रहला । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अरुलाई प्रभावित पारेर काम बन्नेछ । मनोरञ्जनमा सहभागी भइएला । परिवारिक सद्भाव बढ्नेछ । व्यापार,व्यवसायमा पर्याप्त लाभ मिल्नेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । आँटेको र ताकेको कार्य पुरा होला । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । आकस्मिक धन लाभ हुनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिनछ । ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । आत्म विश्वासमा कमी आउनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
नयाँ कार्यको थालनी हुनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । पदोन्नतीको सम्भावनापनि प्रवलछ ।