राशिफल

कुन राशिका लागि शुभ छ शनिबार ? हेर्नुहोस राशिफल

कुन राशिका लागि शुभ छ शनिबार ? हेर्नुहोस राशिफल

आज मिति २०७६ साल चैत महिनाको ८ गते शनिबार, तदअनुसार सन् २०२० मार्च २१ तारिख, तपाईका लागि आजको दिन कस्तो रहला ? हेर्नुहोस राशिफल

मेष–

तत्काल समस्याको समाधान नदेखिन सक्छ। अनावश्यक धन पैसाको खर्च हुनेछ। शारीरिक आलस्यता बढ्नेछ। धर्मिक कार्यमा मन जानेछ।  

वृष–

टाढिएका आफन्तको यादले पिरोल्नेछ । अन्य कुरामा सुखले साथ दिनेछ।समयको सहि सदुपयोग गर्नाले उचित लाभ हुने छ।  

मिथुन

लामो समयदेखि रोकिएको काम बन्नुेछन् । आम्दानीमा कमी हुने छैन, नसोचेको ठाउबाट धन आउने दिन छ ।

कर्कट–

साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । मन त्यसैत्यसै फुरुङ्ग हुने समय छ, धनको लाभ हुनेछ । 

सिंह–

काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ, भने कुसैसंग मनमुटाव हुनसक्छ । 

कन्या–

श्रमको उचित मूल्यांकन हुनेछ । तर काममा ढिलासुस्ती देखिनेछ। चिताएको काम नबन्दा मानसिक हताशा पैदा हुनेछ।  

तुला–

पारिवारिक आवश्यकता पूर्ति होला । घरपरिवारमा राम्रो सम्बन्ध बन्नेछ, दिन मनोरन्जका साथ बित्नेछ । 

वृश्चिक–

आम्दानीको स्रोत समेत बढ्नेछ । वाहन चौपाया आधीको कामबाट फाइदा हुने देखिन्छ ।

धनु–

स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला, नसोचेको ठाउमा धनको नाश हुने दिन छ । 

मकर–

पितृधनको उपयोगबाट विशेष फाइदा होला । केहि अधुरा काम सम्पन्न हुनेछन्, पढाइमा मन जानेछ ।

कुम्भ–

आफुले सोचेभन्दा बढी नै लाभ हन्छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ । 

मीन–

खर्च लागे पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । सानो प्रयासले रोकिएको काम बन्नेछ । 

राशिफल

विशेष