म्यानचेस्टर सिटीले जित्यो लिगकप

काठमाडौंः म्यानचेस्टर सिटीले आइतबार राति एस्टन भिल्लालाई २–१ ले हराएर लिगकप जितेको छ । सिटीले लिगकप जितेको यो लगातार तेस्रो वर्ष हो । यस्तै उसले पछिल्लो पाँच वर्षमा यो उपाधि जितेको चौथो पल्ट हो ।
वेम्बलीमा भएको खेलमा सिटीका लागि सर्जियो एगुरो र रोड्रिगोले गोल गरे । एमबवाना समाटाले भिल्लाका लागि एक गोल फर्काए पनि त्यसले खेलको समीकरणमा फरक पारेन् ।
हारले भिल्लाका लागि सन् १९९६ यता पहिलो उपाधि जित्ने सपना अधुरो नै रह्यो । तर पेप ग्वार्डिओलाको सिटीले भने इंग्लिस फुटबलका पछिल्ला७ ठूला उपाधिमध्ये६ जितेको छ ।
म्यानचेस्टर सिटी लिगकप