राशिफल

कुन राशिका लागि शुभ रहला यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल

कुन राशिका लागि शुभ रहला यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल

यो साता तपाईका लागि कस्तो रहला ?  हेर्नुहोस चैत ८ गतेदेखि १४ गतेसम्मको साप्ताहिक राशिफल ! 

मेष  (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) -  Aries

धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । टाढा रहेका साथीभाइहरूसँग भेटघाट हुनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आफन्तको प्रगतिमा मन रमाउनेछ । शुभ समाचार सुन्न पाइएला ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) -Taurus

छोटो दुरीको लाभदायक यात्रा हुनेछ । उन्नति एवं प्रगतिको वातावरण बन्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । भाग्यले विभिन्न अवसर जुराउनेछ । साताको अन्त्यमा गलत व्यक्ति संगतले धोका पाइनेछ। समग्रमा तपाईका लागि यो साता सुखद रहेको छ।  

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह) - Gemini

नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ। प्रेममा मनमुटाव बढ्न सक्छ । मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ । मध्य साताबाट भने लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । 

कर्कट  (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) - Cancer

सामाजिक कार्यमा रुची बढ्नेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति होला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । शुभकार्यको चर्चापनि चल्नेछ । मध्य सातामा मन खिन्न हुने स्थिति आउनेछ र बढी धन खर्च होला । 

सिंह  (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) - Leo

सोचेका कुराहरुले सार्थकता पाउनेछन। साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।  प्रेम तथा मित्रताको बन्धन कसिने बेला छ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । साथै अकस्मात धन सम्पत्ति हात पर्नेछ

कन्या  (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)  -Virgo

मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । नयाँ वस्त्र तथा अलंकार प्राप्ति हुनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । साताको मध्यमा मन खिन्न हुने स्थिति आउनेछ । आर्थिक कारोवारमा मन्दी आउनेछ ।

तुला  ( र, रि, रु, रे, रो, ता, ति, तु, ते) - Libra

नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । काममा पनि ढिलासुस्ती हुने देखिन्छ । प्रेमप्रसङ्गमा नरमाइलोपन आउने छ । साताको उत्तरार्धबाट रोकिएका काम पुनः सुरु हुन सक्छन् । साथीभाईको भेटघाटले मन प्रफुल्ल रहला ।

बृश्चिक  (तो, ना, नि, नु, ने, नो, या, यि, यु)  - Scorpio

रमाइलो यात्राको योग रहेको छ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । अचानक धनलाभ हुनेछ। विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ । बोलीको प्रभाव बढ्नेछ। 

धनु  (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)  - Sagittarius

नयाँ काममा हात हाल्ने समय छ । शुभकार्यको चर्चा चल्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । प्रेममा सफलतापनि पाईनेछ ।

मकर  ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)  - Capricorn

रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ । अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ । सहयोगीहरूले काममा साथ दिनेछन् । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । 

कुम्भ  (गु, गे, गो, सा, सि, सु, से, सो, द)  -Aquarius

आफूलाई कमजोर भएको अनुभूतिपनि हुनेछ । शत्रुहरुले गलत समयको फाइदा उठाउन सकलन सजक रहनु पर्नेछ। साताको उत्तरार्ध बाट नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । साझेदारीको कर्यबाट राम्रो प्रतिफल प्राप्त मिल्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । 

मीन  (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)  - Pisces

यो साता नसोचेको ठाउँबाट धनागम हुनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । साताको मध्यमा मन खिन्न हुने स्थिति आउनेछ । आर्थिक कारोवारमा मन्दी आउनेछ । समग्रमा तपाईका लागि यो सात सुखद रहेको छ।  

 

#Weekly Horoscope

विशेष