कोरोनाको आशंकामा उपचारत बिरामी टेकु अस्पतालबाट भागे
काठमाडौँ। कोरोना भाइरस संक्रमणको आशंकामा टेकु अस्पतालमा उपचाररत एक बिरामी भागेका छन् ।
उनि शुक्रबार अस्पताललाई जानकारी नै नदिइ अस्पतालबाट बाहिरिएका हुन् ।
अस्पतालको आइसोलेसन कक्षमा कोरोनाको बिरामीमात्रै आउने त्रासले निमोनियाको बिरामी अस्पताललाई थाहै नदिई बाहिरिएको हुनसक्ने जानकारी छ ।
बिरामीको सम्पूर्ण विवरण अस्पतालले गोप्य राखेको छ ।