प्रवास

को हुन् कोरोनाबाट बेलायतमा ज्यान गुमाउने नेपाली?

को हुन् कोरोनाबाट बेलायतमा ज्यान गुमाउने नेपाली?

काठमाडौंः कोरोना भाइरस (कोभिड–१९) बाट बेलायतमा एक नेपाली नागरिकको ज्यान गएको छ । कोरोना संक्रमणबाट बेलायतमा एक पूर्वगोरखा सैनिकको ज्यान गएको हो ।

संखुवासभाको खाँदबारी नगरपालिका–१० स्थायी घर भई हाल लण्डनको साउथ ह्यारोमा बस्दै आएका ६६ वर्षीय लीलाबहादुर राईको मंगलबार मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । उनको लण्डनस्थित नर्थवीक पार्क अस्पतालमा निधन भएको हा ।

पूर्व गोरखा सैनिक राईको कोरोना संक्रमणबाटै मृत्यु भएको गोरखा भूतपूर्व सैनिक संघ (गेसो) का अध्यक्ष कृष्णकुमार राईले जानकारी दिए।

राईको निधनको तीन दिनपछि मात्रै अस्पतालले उनमा कोरोना भाइरस संक्रमण भएको जानकारी दिएका थिए। कोरोना भाइरस संक्रमण भएको रिपोर्ट आउन २४ घण्टादेखि ४८ घण्टासम्म लाग्न सक्छ।

बेलायतमा शनिबारसम्ममा कोरोना संक्रमितको संख्या ४०७२ पुगेको छ। शुक्रबारसम्म संक्रमितको संख्या ३९८३ थियो। तर शनिबार ८९ जना नयाँ संक्रमित भेटिएका छन्।

कोरोना भाइरस बेलायत नेपाली

विशेष