राशिफल

आजको दिन कुन राशिका लागि शुभ रहला ? हेर्नुहोस राशिफल

आजको दिन कुन राशिका लागि शुभ रहला ? हेर्नुहोस राशिफल

आज मिति बि सं २०७६ साल चैत महिनाको १० गते सोमबार, तदअनुसार सन् २०२० मार्च २३ तारिख, तपाईका लागि आजको दिन कस्तो रहला ? हेर्नुहोस राशिफल 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

अतिथीको आगमन हुनेछ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुन सकिनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

छोटो दुरीको लाभदायक यात्रा हुनेछ । वैदेशिक कार्य अघी बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । शत्रु पराजित हुनेछन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । पारिवारिक सुख मिल्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

मनमा सङ्का उत्पन्न हुनेछ । पारिवारिक उल्झनमापरि काम विग्रिएला । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

नयाँ काम वा रोजगार पाईनेछ । जोश जाँगर र उमंग बढ्ला । आर्थिक कारोवारमा सफलता पाइएला । वोलीको भरमा कार्य सम्पादन हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

लामो समय देखि रोकीएको अधुरो कार्यले पूर्णता पाउनेछ । आय आर्जनका क्षेत्रमा सुधार आउनेछ । लाभदायक यात्राको योग छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

नजिक व्यक्तिबाट धोका पाईन सक्छ । गरेका काममा ढिलासुस्ती हुनेछ । अनावश्यक ठाउँमा धन खर्च होला । पेट सम्बधी समस्याले सताउने छ। 

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

कार्यक्षेत्रमा प्रगति हुनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । पठनपाठनका क्षेत्रबाट लाभ लिन सकिनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

महिला मित्रबाट विशेष सहयोग मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यवसायका क्रममा यात्रा गर्नुपर्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

विद्या र बुद्धिको विकास हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । व्यापारमा रूची बढ्नेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

स्वास्थ्यमा स्मस्या आउँदा धन खर्च हुनेछ । यात्रामा मालसामान हराउन सक्छ । मनमा चञ्चलता बढ्नेछ । चोटपटकको भयछ सचेत रहनुहोला ।

राशिफल

विशेष