राशिफल

आज सोमबार, कस्तो छ तपाइको दिन? पढौं राशिफल

आज सोमबार, कस्तो छ तपाइको दिन? पढौं राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) घरमा अतिथीको आगमन हुनेछ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भइएला । परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुन सकिने छ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) छोटो दुरीको लाभदायक यात्रा हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । शत्रु पराजित हुने छन् ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । पारिवारिक सुख मिल्नेछ । अचल सम्पत्ती हात पर्ने योगछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) मनमा सङ्का उत्पन्न हुनेछ । पारिवारिक उल्झनमापरी काम विग्रिएला । अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्ला । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) नयाँ काम वा रोजगार पाइनेछ । जोश जाँगर र उमंग बढ्ला । आर्थिक कारोवारमा सफलता पाइएला । बाेलीको भरमा कार्य सम्पादन हुनेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) लामो समय देखि रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । लाभदायक यात्राको योग छ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) नजिक व्यक्तिबाट धोका पाइन सक्छ । गरेका काममा ढिलासुस्ती हुनेछ । अनावश्यक ठाउँमा धन खर्च होला । पेट सम्बधी समस्या आउला ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) कार्यक्षेत्रमा प्रगति हुनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । पठनपाठनका क्षेत्रबाट लाभ लिन सकिनेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) महिला मित्रबाट विशेष सहयोग मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यवसायका क्रममा यात्रा गर्नुपर्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) विद्या र बुद्धिको विकास हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । व्यापारमा रूची बढ्नेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) स्वास्थ्यमा स्मस्या आउँदा धन खर्च हुनेछ । यात्रामा मालसामान हराउन सक्छ । मनमा चञ्चलता बढ्नेछ । चोटपटकको भयछ सचेत रहनुहोला ।

राशिफल सोमबार

विशेष