मनोरञ्जन

'मिस नेपाल २०२०’ को अडिसन स्थगित

'मिस नेपाल २०२०’ को अडिसन स्थगित

काठमाडौँ। कोरोना भाइरसका कारण बहुचर्चित सुन्दरी प्रतियोगिता ‘मिस नेपाल २०२०’को अडिसन स्थगित भएको छ।

नेपालका मुख्य शहरहरुमा अडिशन सकिए पनि काठमाडौं अडिशन बाँकी छँदै मिस नेपालको मिति सरेको आयोजक द हिडन ट्रेजरका अध्यक्ष दिवाकर राज कर्णिकारले बताए।

उनले भने, ‘मिस नेपाल २०२०को अडिशन पोखरा, चितवन, वीरगञ्‍ज, धरान, विर्तामोड, बुटवल, नेपालगञ्‍ज र धनगढी भइसकेको छ । काठमाडौंको अडिशन बाँकी छ । अब त्यो बैशाख १८ पछि फाइनलको छनोटको मिति तोक्छौ ।’

मिस नेपाल सुन्दरी प्रतियोगितामा १८ देखि २६ वर्ष,  कम्तिमा ५.४ इन्च उचाइभएका युवतीहरुले नेपाली नागरिकता र पासपोर्टसहित नि:शुल्क भाग लिन पाउनेछन् ।

यिनै युवतीहरूबाट मिस नेपाल-२०१८ मा अन्तिम प्रतिस्पर्धाका लागि २५ जना युवती छानिनेछन्। यस वर्ष पनि बन्द क्याम्पमा कोरियोग्राफर रचना गुरुङले सहभागीलाई प्रशिक्षण  दिनेछिन । यस बर्ष १ सय ५० जनाले मिस नेपाल २०२० को अडिसनका लागि फाराम भरिसकेका छन् ।

 

मिस नेपाल २०२०

विशेष