'सक्किगोनी' को प्रशारण स्थगित

काठमाडौँ। हाँस्य टेलीसिरियल 'सक्किगोनी'को को प्रशारण केहि साताका लागि बन्द हुने भएको छ ।
कोरोनाको त्रासका कारण छायांकन गर्न नसकिने भएकाले केही साताको लागि सिरियलको प्रशारण स्थगन गरिएको कलाकार तथा निर्माता अर्जुन घिमिरेले फेसबुकमार्फत जानकारी दिएका छन।
उनले फेसबुकमा लेखेका छन्, ‘आजको समयमा स्वास्थ नै हाम्रो प्रमुख प्राथमिकतामा रहेको हुँदा हाम्रा सम्पुर्ण आदरणीय दर्शकहरुलाई सुरक्षित र सजग रही धैर्यवान रहनुहुन अनुरोध गर्दै सुस्वास्थ्यको कामना गर्दछौँ । परिस्थिति सामान्य हुनासाथ हामी पुनः नियमित भागहरु लिएर आउनेछौँ ।’
बन्द सक्किगोनी प्रशारण