खेल

भारत विरुद्धको टेष्ट सिरिज पनि न्यूजिल्याण्डद्वारा ‘क्लिन स्विप’

भारत विरुद्धको टेष्ट सिरिज पनि न्यूजिल्याण्डद्वारा ‘क्लिन स्विप’

काठमाडौंः भारतसँगको टेष्ट क्रिकेट सिरिज पनि भारतले २–० ले ‘क्लिन स्विप’ गरेको छ । आज भारतलाई ७ विकेटले हराउँदै न्यूजिल्याण्डले टेष्ट सिरिज पनि ‘क्लिन स्विप’ गरेको हो । भारतले दिएको १ सय ३२ रनको लक्ष्य न्यूजिल्याण्डले ३६ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍याे ।

उसका लागि टम लाथमले ५२, टम ब्लन्डेलले ५५, कप्तान केन विलियम्सन, रस टेलर र हेनरी निकोल्सले ५–५ रनको योगदान दिए । बलिङमा भारतीय टीमका जसप्रीत बुमराहले २ र उमेश यादवले एक विकेट लिए । 

भारत पहिलो इनिङ्समा २४२ र दोस्रो पारीमा १२४ रनमै अलआउट हुन पुग्यो । दोस्रो इनिङ्समा भारतीय टीमका चेतेश्वर पुजाराले २४, रवीन्द्र जडेजाले अविजित १६, पृथ्वी शा र विराट कोहलीले १४–१४ रन बनाए । बाँकी खेलाडीले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । दोस्रो इनिङ्समा बलिङमा न्यूजिल्याण्ड टीमका ट्रेन्ट बोल्टले ४, टिम साउथीले ३, कोलिन डीग्रान्डहोम र निल वाग्नरले एक–एक विकेट लिए ।    
  
बिना कुनै क्षतिमा ६३ रनबाट दोस्रो दिनको खेल अगाडि बढाएको न्यूजिल्याण्डले १७२ रन जोड्दा २३५ रनमा समेटिन पुग्यो । ओपनर टम लाथमले सर्वाधिक ५२ तथा टम ब्ल्न्डेलले ३० र कायल जमीन्सनले ४९ रनको योगदान दिए । न्यूजिल्याण्ड पहिलो पारीमा भारतभन्दा सात रनले पछाडि परेको थियो । 

भारतका लागि जसप्रित बुमराहले तीन, मोहम्मद शामीले चार, रवीन्द्र जडेजाले दुई र उमेश यादव एक विकेट लिए । टस हारेर पहिला ब्याटिङ गर्ने निम्ता पाएको भारतले आफ्नो पहिलो पारीमा २४२ रन मात्र बनाउन सक्यो ।

उसका लागि पृथ्वी शाह, चेतेश्वर पूजारा र हनुमा बिहारीले अर्धशतकीय पारी खेले । न्यूजिल्याण्डका लागि कायल जमीन्सनले सर्वाधिक पाँच तथा टिम साउदी र ट्रेन्ट बौल्टले दुई–दुई र निल वाग्नरले एक विकेट लिए । टेष्ट सिरिजसँगै भारतले न्यूजिल्याण्ड ‘टूर’ सकेको छ । उसले न्यूजिल्याण्डमा पाँच खेलको टी–२० सिरिज ‘क्लिन स्विप’ गर्‍याे । तर, तीन खेलको वानडे सिरिज ३–० र दुई म्याचको टेष्ट सिरिज २–० ले गुमाउन पुग्यो । 
 

टेष्ट क्रिकेट सिरिज भारतविरुद्ध न्यूजिल्याण्ड क्लिन स्विप

विशेष