स्वास्थ्य

यस्ता छन उखुको जुस पिउनुका फाइदाहरु

यस्ता छन उखुको जुस पिउनुका फाइदाहरु

मौसमको परिवर्तनसँगै खानपानमा पनि बदलाव ल्याउनु अति नै आवश्यक छ । गर्मीको मौसम सुरु भएसँगै खानपानमा भन्दा पनि बढी ड्रिंक्समा ध्यान दिनु पर्छ। जसरी जाडोमा सागसब्जीका सुप शरीरका लागि फाइदाजनक छ त्यसै गरि गर्मीमा जतिसक्दो धेरै फलफुलको जुसमा ध्यान दिनु पर्छ। जसले शरीरको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न सघाउ पुर्याउछ।  बिशेषत: फलफुल भन्ने बित्तिकै हाम्रो दिमागमा सुन्तला, आँप जस्ता मौसमी फलफुलको नाम झ्वाट्ट आइहाल्छ तथापी गर्मीको मौसममा उखुको रस पिउनु स्वास्थ्यका हिसाबले अति नै लाभदायी रहेको छ। 

आउनुहोस जानिराखौं यसका फाइदाका बारेमा 

१. उखुको जुसलाइ क्यान्सर रोकथाममा करार मानिन्छ। यसले क्यान्सरका लागि बिकसित भईरहेको कोशीकाहरुलाई बढ्नबाट रोक्छ र क्यान्सरको खतराबाट बचाऊछ। यसका अलावा यदि तपाई क्यान्सरबाट पिडित हुनुहुन्छ भने यसको सेवनले यसका अतिरिक्त हुन सक्ने जोखिमबाट पनि बचाउछ। 

२. मृगौलामा पत्थरी भएका बिरामीहरुलाई जतिसक्दो धेरै उखुको जुस पिउनु सल्लाह दिइन्छ। उखुको जुसमा यस्तो अम्लीय क्षमता हुन्छ जसले मृगौलामा जम्मा भएको स्टोनलाई बिस्तारै गलाउछ र युरिनको माध्याममार्फत बाहिर निकाल्ने काम गर्छ ।  

३. युरिनरी ट्रेक्ट इन्फेक्सनको समस्या भएका हरुका व्लागी पनि उखुको रुस निकै नै लाभदायी छ ।  

४. एनिमिया अर्थात् राता रक्तकोशको कमि पुरा गर्नका लागि पनि उखुको जसलाई प्रभावकारी मानिन्छ ।  

५. शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि पनि उखुको जसलाई अति नै महत्वपूर्ण मानिन्छ।  गर्मीमा यदि तपाईको शरीरमा पानीको कमि हुन्छ भने हरेक दिन बिहान उखुको जुस पिउनु पर्छ। 

 

फाइदा उखुको जुस

विशेष