मनोरञ्जन

घर बनाउन अक्षयले गरे समलिङ्गीलाई डेढ करोडको सहयोग

घर बनाउन अक्षयले गरे समलिङ्गीलाई डेढ करोडको सहयोग

एजेन्सी। अभिनेता अक्षय कुमारले समलिंगीलाई घर बनाउनका लागि डेढ करोडको सहयोग गरेका छन। चलचित्र लक्ष्मी बमका निर्देशक राघव लरेन्सको च्यारिटेबल ट्रस्टले यस्तो पहल सुरु गरेको हो।  

अभिनेताको यसप्रकारको सहयोगी भावनालाई देखेर निर्देशकले फेसबुकमार्फत आभार व्यक्त गरेका छन । उनले भने हामीले ट्रस्ट संचालन गरेको १५ बर्ष पुरा हुन् लागेको छ, यसको अवसरमा हामीले समलिङ्गीहरुका लागि घर निर्माण गरिदिने सोच बनाएका थियौं यसका लागि हामीले जमिन पनि खरिद गरिसकेका छौं र रकम जम्मा जुटाउने कामको थालनीमा थियौं । यसका लागि लक्ष्मी बमको सुटिंगको दौरानमा मैले अक्षय सरसँग हाम्रो ट्रस्ट र योजनाका बारेमा कुरा गरेको थिए । तर तुरुन्तै उनले घर निर्माणका लागि डेढ करोड सहयोग गरे। 

फेसबुकमा उनले लेखेका छन, 'सबै सहयोगी मनहरु प्रति आभारी छु जसले इश्वरको रुपमा मलाई सहयोग गरे, अक्षय सर हाम्रो लागि इश्वर समान हुनुहुन्छ। यस परियोजनाका लागि तपाईको यति ठुलो योगदानका लागि  निकै आभारी छु। हाम्रो ट्रस्टको अर्को योजना समलिंगीको उत्थान र उनका लागि घर निर्माण गर्नु हो । सबै समलिंगीहरुको तर्फबाट म उनीहरुलाई धन्यवाद दिन चाहन्छु।'

अक्षय कुमार चलचित्र लक्ष्मी बममा समलिंगीको भूमिकामा देखिंदैछन । लक्ष्मी बम सन् २०११ मा प्रदर्शनमा आएको हरर मुभी कन्चनाको रिमेक भर्सन हो। 'केप अफ गुड होप्स, फक स्टार स्टुडियोज, तुषार कपुर र शबिना खानद्वारा निर्मित यस चलचित्रमा कियारा आडवाणी पनि मुख्य भूमिकामा रहेकी छिन।  

 


 

अक्षय कुमार सहयोग

विशेष