राशिफल

कुन राशिका लागि शुभ छ मंगलबार ? हेर्नुहोस आजको राशिफल

कुन राशिका लागि शुभ छ मंगलबार ? हेर्नुहोस आजको राशिफल

आज मिति २०७६ साल फागुन महिनाको २० गते मंगलबार, तदअनुसार सन् २०२० मार्च ३ तारिख, तपाईका लागि आजको दिन कस्तो रहला ? हेर्नुहोस तपाईको राशिफल 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

सामान्यतया लाभ हुने नै दिन छ, तर कृषिजन्य पेसा वा व्यवसायबाट सोचेजस्तो लाभ लिन सकिंदैन ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) 

अनावश्यक खर्च बढ्ने छ । बोलीको नकारात्मक अर्थ लग्न सक्ने भएकाले बोल्दा विचार पुर्याउनु पर्नेछ।  अनावश्यक झमेलामा फ़सिएला विचार गर्नुहोला। आर्थिक ,मन्दी देखिने छ।  

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) 

लामो समयदेखि अधुरा रहेका  कामहरु बन्ने छ।  अरुको विस्वास आफुतिर रहने आफन्त हरुको उचित सहयोग मिलने छ । नोकरी व्यवसायमा राम्रै लाभ उठाउन सकिनेछ। 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

अर्थ लाभका अवसर आउने छन् । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ, सामाजिक प्रतिष्ठा पनि बढ्नेछ । साथीभाईको स्र सहयोग पाइने छ।  

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

रमणीय र सुखद यात्राको योग छ । जीवनसाथी र आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ । रमणीय यात्राको अवसर जुट्नेछ।  

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) 

पढाइलेखाइमा ध्यान दिन नसकिएला, साथै रुपैया पैसाको पनि नाश हुने दिन छ विचार गर्नुहोला । बोल्दा विचार पुर्याएर मात्र बोल्नु पर्नेछ।  

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) 

नोकरि तथा राजनितीमा मान सम्मान पाउने योग छ । अरुको मन जित्न सकिने छ । पारिवारिक साथ सहयोगले काम गर्ने जोस जाँगर बढेर जानेछ। 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

सामाजिक यश, सम्मान र प्रतिष्ठामा बृद्धि हुनेछ । रोकिएका काम सजिलै सम्पन्न हुनेछन् । प्रेम तथा मित्रताको बन्धन कसिने समय छ।  

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) 

व्यापारमा मनग्ये धनलाभ हुनेछ । साथीभाइले पनि राम्रै सहयोग गर्लान तर आफन्तको सहयोग चाहि नपाइएला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

कृषि, पशुपालन र सानातिना घरायसी काममा समय खर्च हुनेछ । यात्रामा सावधान रहनु होला । दाम्पत्य जीवनमा खटपट देखिनेछ। अधिकार प्राप्तिका लागि ठुलै संघर्ष गर्नु पर्नेछ।  

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) 

काममा समस्याको सामाना गर्नु पर्ला। गलत लेनदेनमा समस्या आउन सक्ने छ। नोकरीमा पदोन्नती हुनेछ। सामाजिक मान प्रतिष्ठामा वृद्धि हुनेछ। 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) 

मनमा हौसला बढनेछ पराक्रम बढनुको साथै अधुरा काम बन्ने छ। । मनमा उत्साह र उमंग बढ्ने छ ।  पारिवारिक वातावरण सुखद रहने छ।  

#Daily Horoscope

विशेष