मनोरञ्जन

‘रोजर’ लेकसाइड नर्मल छ है, भनेर सकियो सुर्यबंशीको ट्रेलर (ट्रेलरसहित)

‘रोजर’ लेकसाइड नर्मल छ है, भनेर सकियो सुर्यबंशीको ट्रेलर (ट्रेलरसहित)

एजेन्सी । अक्षय कुमार र कट्रिना कैफ स्टारर चलचित्र 'सुर्यबंशी' को ट्रेलर सार्वजनिक भएको छ । ४ मिनेट १५ सेकेन्डको ट्रेलरमा सुरु र अन्त्यमा नेपाल प्रहरी संचार सेट ( वाकीटकी) को आवाज सुन्न सकिन्छ।

ट्रेलरको सुरुमा नै पुलिस कार्यालय (कन्ट्रो) लाई इको कलसाइनले कल गरेर ट्रेलर सुरु भएको छ भने अन्त्यतिर ४ मिनेट ५ सेकेन्डमा पुनः कल गर्दै हाम्रो पेट्रोलिङ भ्यान इन भयो ‘रोजर’ लेकसाइड नर्मल छ है, भनेर सकिएको छ । यसले के अनुमान गर्न सकिन्छ भने, फिल्मको बिषयबस्तु नेपालसंग जोडिएको छ ।

रोहित शेट्टीद्वारा निर्देशित 'सुर्यबंशी' मा कट्रिना र अक्षयका अलावा रणवीर सिंह र अजय देवगण पनि मुख्य भूमिकामा देखिएका  छन । चलचित्र मार्च २२ देखि रिलिज हुँदै छ।    

 

ट्रेलर सुर्यबंशी

विशेष