खेल

आइसीसी टी–२० वरियतामा नेपाललाई ठूलो धक्का

आइसीसी टी–२० वरियतामा नेपाललाई ठूलो धक्का

काठमाडौंः अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले जारी गरेको नयाँ टी–२० वरियतामा नेपाल तीन स्थान तल खस्किएको छ । आइसीसीले मंगलबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १२ औँबाट १५ औँ स्थानमा खस्किएको हो । 

लगातारको खराब प्रदर्शनका कारण नेपालको वरियतामा ठूलो धक्का लागेको हो । नेपालले थाइल्याण्डमा जारी इस्टर्न रिजन टी–२० मा मलेसिया र हङकङविरुद्ध पराजय बेहोरेको छ । जसको असर वरियतामा पर्न गएको हो । 

टी–२० वरियतामा नेपाली टीमको उच्च स्थान ११ औँ हो । एसोसियट राष्ट्रमा नेपाल भन्दा अघि स्कटल्याण्ड १२ र यूएई १४ औं स्थानमा उक्लिएका छन् । एकदिवसीय वरियतामा नेपाल १६ औं स्थान छ । टी–२० वरियताको शीर्ष स्थानमा पाकिस्तान यथावत रहेको छ ।  

आइसीसी नेपाली क्रिकेट टिम टी–२० वरियता

विशेष