खेल

क्रिकेटर सौम्य सरकारको विवाहमा चोरी!

क्रिकेटर सौम्य सरकारको विवाहमा चोरी!

काठमाडौंः बंगलादेशी क्रिकेट टीमका अलराउन्डर सौम्य सरकारले बिहे गरेका छन् । उनले गत बुधबार खुलना बस्ने १९ वर्षीया पूजा देवनाथसँग बिहे गरेका हुन् । सौम्यको विवाहमा भाइआपीदेखि क्रिकेटरको उपस्थिति रहेको थियो । विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमले लेखेको खबर अनुसार सौम्यको बिहेमा चोरी भएको थियो । 

एक क्लबमा भएको विवाह समारोह चलिरहेका बेला चोरहरुले सौम्यका बुबा लगायत ६–७ जनाको मोबाइल चोरेका थिए । चोरका कारण विवाह समारोह बिथोलिने सम्भावना देखिएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिएको थियो । समाचारका अनुसार विवाहमा एक चोरले सौम्यका आफन्तमाथि पनि कुटपिट गरेका थिए । मोबाइल चोर र कुटपिट गर्ने सबैलाई प्रहरीले पक्राउ गरेपछि बिहेको बाँकी कार्य सुरु भएको थियो । 

बंगलादेश क्रिकेट टीमका महत्वपूर्ण सदस्य रहेका सरकारले १५ टेष्ट, ५५ वानडे र ४८ अन्तर्राष्ट्रिय टी–२० म्याच खेलिसकेका छन् । उनले टेष्टमा एक र वानडेमा २ शतकसमेत बनाइसकेका छन् । स्मरण रहोस् सौम्य यही वर्ष भएको दक्षिण एसियाली खेलकुद (साग) खेल्न नेपाल आएका थिए ।  

सौम्य सरकार

विशेष