राशिफल

फागुन २१ गते बुधबार कुन राशिका लागि शुभ रहला ? हेर्नुहोस राशिफल

फागुन २१ गते बुधबार कुन राशिका लागि शुभ रहला ? हेर्नुहोस राशिफल

आज मिति बि सं २०७६ साल फागुन महिनाको २१ गते बुधबार, तदअनुसार सन् २०२० मार्च ४ तारीख, तपाईका लागि आजको दिन कस्तो रहला ? हेर्नुहोस राशिफल 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मान सम्मान पाइने छ । शुभ कार्यको चर्चा चल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । 

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

बोलीको प्रभाव बढ्नेछ । प्रेम सम्बन्ध कसिलो होला । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

नसोचेको ठाउँबाट धनागम हुनेछ । आफन्तको प्रगतिले मन रमाउनेछ । मानसिक चिन्ता बढेपनि श्रमको उचित मुल्याङ्कन हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

कार्यमा बाधा आउनेछ । शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । सरकारी निकायबाट सहयोग मिल्नेछ । कष्टकर यात्रा गर्नुपर्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । शुभकार्यको चर्चा चल्नेछ । पारिवारिक सद्भाव बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा होला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

आज कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । मनोरञ्जन क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । कार्यक्षेत्रमा प्रगति हुनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । प्रेमीको सहयोग मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज आर्थिक कारोवारमा मन्दी आउनेछ । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

जोश जाँगर वढ्नेछ । भौतिक साधन जुटाउने समय छ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । सौन्दर्यतामा धन खर्चपनि हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

चिताएको कामले तीव्रता लिनेछ । कार्यमा सफलता पाईनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । पुनर्मिलनको योग रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइएला । सरकारी निकायबाट सहयोग मिल्नेछ । सफलयात्रापनि हुनेछ ।

 मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

आज साना–तिना समस्यामा अल्झिनु पर्नेछ । पारिवारिक समस्याले सताउन सक्छ । तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । 


 

#Daily Horoscope

विशेष