राशिफल

कुन राशिका लागि शुभ छ बिहीबार ? हेर्नुहोस राशिफल

कुन राशिका लागि शुभ छ बिहीबार ? हेर्नुहोस राशिफल

आज मिति २०७६ साल फागुन महिनाको २२ गते बिहिबार, तदअनुसार सन् २०२० मार्च ५ तारिख, तपाईका लागि आजको दिन कस्तो रहला ? हेर्नुहोस राशिफल

मेष–

व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । रुचिका विषयमा लगानी बढाउने समय छ । पठन पाठनमा सफलता मिल्नेछ । धार्मिक कार्यमा सहभागी भइने छ । 

वृष–

बाटो काट्दा वा हातहतियारको प्रयोग गर्दा सचेत रहनुहोला । निको भएको रोगले पुन सताउन सक्छ । पारिवारिक कलह देखिन सक्छ अलि विचार पुर्याउनु होला । 

मिथुन– 

विभिन्न अवसरले पछ्याउनेछन् । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । आर्थिक लाभ होला ।

कर्कट–

अरुको विस्वास जित्न सजिलै सकिनेछ । धन मान पाउने योग छ, गरेको कामबाट फाइदा नै हुनेछ

सिंह–

अनुकूल यात्राको सम्भावना छ । पठनपाठन सामान्य रहला, फुर्सदिलो समय छ । प्रेम तथा मित्रताको बन्धन कसिने समय छ ।

कन्या–

हतारको निर्णयले काम बिग्रन सक्छ, सचेत रहनुहोस् । मान्यजनको सुझाव अप्रिय लाग्नेछ । अधिकार प्राप्तिका लागि ठुलै संघर्ष गर्नुपर्ने देखिन्छ ।

तुला

नयाँ योजना बनाउन र दीर्घकालीन योजना बनाउन आजको दिन अनुकूल नहुन सक्छ । सामाजिक कार्यमा सहभागी भइएला । रमणीय यात्राको अवसर जुट्नेछ ।

वृश्चिक–

बौद्धिक क्षमतामा बृद्धी होला । शत्रु परास्त भएर जानेछ । अन्न तथा धनको पनि वृद्धि हुनेछ । नोकरीमा पदोन्नती हुनेछ।

धनु–

परिश्रमले धेरै काम बन्नेछन ।  आर्थिक लाभको समय छ । सोचेर अनुरुपको काम बन्नाले मानसिक रुपमा सन्तुष्टि मिल्नेछ ।  भाग्योदयको सम्भावना रहेको छ ।

मकर–

अनावश्यक रुपमा कसैसंग झै झगडा हुन सक्छ । यात्रामा पनि सावधान रहनु होला । स्वादिष्ट भोजनको अवसर मिल्नेछ ।  

कुम्भ–

मान प्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । मित्रले प्रशंसा गर्नेछन् । नसोचेको सम्मान मिल्ने दिन छ ।

मीन–

अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । धन मनग्य कमाउने अवसर मिलनेछ । साथीभीको सहयोग मिल्नेछ । समग्रमा तपाईका लागि आजको दिन सुखद छ ।  

#राशिफल

विशेष