स्वास्थ्य

भारतले लगायो औषधि निर्यातमा प्रतिबन्ध

भारतले लगायो औषधि निर्यातमा प्रतिबन्ध

एजेन्सी । कोरोना भाइरस संक्रमण देशैभर फैलिरहेको अवस्थामा भारतले औषधि बनाउन प्रयोग हुने २६ सामाग्री र यसबाट बनाइएका औषधिको निर्यातमा प्रतिबन्ध लगाएको छ । 

भारत जनेरिक औषधिको सबभन्दा ठूलो आपूर्तिकर्ता हो । तर उसले धेरैजसो औषधि बनाउने कच्चा पदार्थ चीनबाट आयात गर्ने गरेको छ । कोरोना भाइरसको महामारीका कारण चीनमा औषधि बनाउन प्रयोग हुने कच्चा पदार्थ बनाउने कारखाना पनि बन्द भएका छन् ।

खुलेका कारखानाहरुले पनि उत्पादन घटाएका छन् । महामारी जारी रहे औषधि निर्माता उद्योगले अभाव झेल्नुपर्ने चेतावनी विज्ञहरुले दिएका छन् । यस्तोमा भारतले निर्यातमा रोक लगाएपछि विश्वमा यी औषधिको अभाव चुलिने त्रास बढेको हो । 

प्रतिबन्ध लगाइएका औषधिमा प्यारासिटामोल पनि रहेको छ । जुन दुखाइ कम गर्नका लागि विश्वभर व्यापक प्रयोगमा हुने औषधि हो । यसका अलावा  टिनिडाजोल र इरिथ्रोमाइसीन जस्ता एन्टीबायोटिक, हर्मोन प्रोजेस्टरोन र भिटामिन बी १२ जस्ता औषधिमा पनि प्रतिबन्ध लगाईएको छ । 

प्रतिबन्ध भारत औषधि निर्यात

विशेष