टी–२० विश्वकपः इतिहास रच्दै भारतीय टिम पहिलो पटक फाइनलमा
काठमाडौंः भारतीय क्रिकेट टिम अष्ट्रेलियामा जारी आइसीसी महिला टी–२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । भारत सेमिफाइनल म्याच नखेल्दै फाइनलमा प्रवेश गरेको हो ।
उसले आज फाइनल प्रवेशका लागि इंग्ल्याण्डसँग म्याच खेल्नुपर्ने थियो । तर वर्षाका कारण खेल रद्द भएपछि भारत लिग चरणमा सबै म्याच जितेको आधारमा फाइनलमा प्रवेश गरेकाे हाे ।
समूह ‘ए’मा रहेको इंग्ल्याण्डले लिग चरणमा ४ म्याच खेल्दा तीन खेलमा जित हासिल गरेको थियो । समूह ‘ए’बाट खेलेको भारतले भने चारैै म्याचमा जित दर्ता गरेकाे थियो । तालिकामा भारतको ८ र इंग्ल्याण्डको ६ अंक थियो ।
भारतीय टीम पहिलो पटक महिला विश्वकपको फाइनलमा स्थान बनाउन सकेको हो । भारतीय टीमले २००९ देखि २०१८ सम्म ६ पटक टी–२० महिला विश्वकपमा भाग लिएको थिययो । तर एक पटक पनि उसले फाइनलमा स्थान बनाउन सकेको थिएन ।
भारतीय महिला टिमले टी–२० विश्वकपको सेमिफाइनलमा तीन पटक स्थान बनाउन सके पनि जित हासिल गर्न सकेको थिएन । तर, यो पटक इतिहास रच्दै फाइनलमा स्थान बनाउन सफल भयो ।
अब भारतले फाइनलमा दोस्रो सेमिफाइनलको विजेता टीमसँग उपाधिका लागि खेल्ने छ । दोस्रो सेमिफाइनलमा आज नै अष्ट्रेलिया र दक्षिण अफ्रिका खेल्दै छन् ।
महिला टी–२० विश्वकप भारतीय महिला क्रिकेट टिम