साउन ३० मा आउने भयो खगेन्द्रको 'पानीफोटो'

काठमाडौँ । अभिनेता दिपेन्द्र के खनालको डेब्यु निर्देशन रहेको चलचित्र 'पानीफोटो' आगामी साउन ३० गते रिलिज हुने भएको छ ।
१५ वर्ष अगाडि वेपत्ता भएको सन्तानको पर्खाईमा रहेका बुबाआमाको कथामा आधारित चलचित्र पानीफोटो लाई खगेन्द्र स्वयंले लेखेका हुन् ।
टुकी आर्ट्स प्रा.लि र मञ्जुश्री फिल्म प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रमा खगेन्द्रसँगै अनुप बराल, मेनुका प्रधान, मलिका महत, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि गुरुङ, अजस्र ढुङ्गाना, कमलमणि नेपाल, श्यामकुमार खड्का, कमल देवकोटा, अनोज पाण्डेलगायतका कलाकारको अभिनय रहेको छ ।
चलचित्रको छायांकन काठमाडौं, चितवन, स्याङ्जा, रोल्पा लगायतका स्थानमा गरिएको छ ।
चलचित्र पानीफोटो