खेल

कोरोना भाइरसका कारण खेलकुद प्रतियोगिता रोक्ने राखेपको तयारी

कोरोना भाइरसका कारण खेलकुद प्रतियोगिता रोक्ने राखेपको तयारी

काठमाडौंः राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कोरोना भाइरसको संक्रमणबाट बच्न सबै खेल प्रतियोगिता रोक्ने तयारी गरेको छ ।

सरकारले भेला तथा सभाहरु आयोजना नगर्न आग्रह गरेको छ । सरकारले भेलाको आयोजना नगर्न आग्रह गरेकाले खेल प्रतियोगिता रोक्ने तयारी भइरहेको राखेपले जनाएको छ ।

राखेपका अनुसार, चलिरहेको प्रतियोगिता भने रोकिने छैन । तर, अब हुने प्रतियोगिता भने स्थगित गर्ने तयारी भइरहेको राखेपले जनाएको छ ।

राखेपले यस्तो निर्णय गरे देशभरका विभिन्न घरेलु प्रतियोगिता रोकिनेछ । सबैभन्दा बढी प्रभाव १ चैतबाट आयोजना हुन लागेको एभरेष्ट प्रिमियर लिग (इपीएल) लाई पर्नेछ । इपीएलका लागि टेष्ट राष्ट्रका चर्चित स्टार खेलाडी अनुबन्धित भएका छन् ।

कोरोना भाइरस इपीएल राखेप राष्ट्रिय खेलकदु परिषद् खेलकुद प्रतियोगिता

विशेष