नेपालबाट आइडलबाट बाहिरिए किरण भुजेल, को–को पुगे टप ६ मा?

काठमाडौंः नेपाल आइडल सिजन–३ को टप ६ मा पुग्ने प्रतिस्पर्धीको टुंगो लागेको छ । बिहीबार किरण कुमार भुजेल बाहिरिएसँगै टप–६ मा पुग्ने प्रतिस्पर्धीको टुंगो लागेको हो ।
यो साता प्रविन बेडुवालले सबैभन्दा धेरै भोट पाए । नेपाल आइडलमा भोट संख्या भने खुलाइदैन । नेपाल आइडल सिजन–३ को टप–६ मा मेघा श्रेष्ठ, सज्जा चौलागाई, मुस्कान रानाभाँट, नेसन पुन मगर, प्रविन बेडवाल र केभिन ग्लान तामाङ पुगेका छन् ।
नेपाल आइडलमा विगतमा झैं यो सिजनमा पनि न्ह्यू वज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी निर्णायक छन् ।
नेपाल आइडल इन्दिरा जोशी किरण कुमार भुजेल