मनोरञ्जन

दीपिकाको गुडिया बजारमा

दीपिकाको गुडिया बजारमा

एजेन्सी। दीपिका पादुकोण बलिउडकी टप अभिनेत्रीमध्येकी एक हुन् । सुन्दरता र कुशल अभिनय क्षमतका कारण लाखौ दर्शक उनका फ्यान छन साथै सामाजिक संजालमा पनि उनलाई फलो गर्नेहरु लाखौं छन । दीपिका यो अर्हमा पनि चर्चित छिन की उनक्जो गुडिया अब बजारभर बिक्री हुन थालेको छ । 

 दीपिका पादुकोणको रानी 'पद्मावती' को लुकको डल बजारमा आएको छ, जुन पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल भईरहेको छ।झट्ट हेर्दा यो गुडिया, दीपिकाको रानी पद्मावतीको हुबहु कार्बन कपी झैँ देखिन्छ । गरगहना देखि कपडासम्म गुडियामा हरेक कुरालाई ध्यानमा राखिएको छ। यहाँसम्म कि मेकअप र गहनाको स्टाईल पनि हुबहु कपि गरिएको छ। सामाजिक सञ्जालमा दीपिकाको गुडियाको सबैले खुलेर तारिफ गरेका छन ।

संजय लीला भन्सालीद्वारा निर्देशित 'पद्मावत'मा दीपिका पादुकोण , रणवीर सिंह र शाहिद कपूर मुख्य भूमिकामा देखिएका थिए। चलचित्रले रिलिजको क्रममा दर्शक समिक्षकको तर्फबाट आलोचना पनि खेप्नु परेको थियो यद्धपि चलचित्रमा दीपिकाको पद्मावतीको लुक्सलाई भने धेरैले मन पराएका थिए। 

कामको कुरा गर्दा दीपिका छिट्टै नै रणवीर सिंहको साथमा चलचित्र ८३ मा देखिंदै छिन। यस चलचित्रमा उनि कपिल देवकी श्रीमती रोमी देवीको भूमिकामा देखिँदैछिन। दीपिका यस चलचित्रकी सह निर्मात्री पनि हुन्। 


 

दीपिका पादुकोण गुडिया

विशेष