स्वास्थ्य

होली खेल्दा कस्तो रङ प्रयोग गर्ने र हानिकारक रङबाट कसरी बच्ने ?

होली खेल्दा कस्तो रङ प्रयोग गर्ने र हानिकारक रङबाट कसरी बच्ने ?

होलीको बेला रमाइलो गर्ने नाममा अनेक प्रकारको रंग दल्ने गरिन्छ । तर रगंको प्रभावले कतिपयको आँखा पोल्ने तथा छालामा एलर्जी हुने समस्या पनि हुन्छ । जसबाट बच्नका लागि हामीले केहि सावधानी त अवश्य नै अपनाउनु पर्छ, बिशेषत् होलीमा रंगहरुबाट हुने एलर्जीबाट कसरी बच्ने र होलीको रंग कस्तो चयन गर्ने ?  

होली खेल्न कस्तो रंग चयन गर्ने 

प्राकृतिक रंग 

होली खेल्नकै लागि भनेर बजारमा अनेक तरहका केमिकलयुक्त रंगहरु पाइन्छ जुन स्वास्थ्यका दृष्टिकोणले अति नै हानिकारक हुन्छ । त्यसकारण होली खेल्नका लागि बजारको केमिकलयुक्त रंग भन्दा प्राकृतिक रंगको नै उपयोग गर्नु फाइदाजनक छ । 

सुखा रंग 

प्राकृतिक रंगका साथै बजारमा सुखा रंगहरु पनि पाइन्छ । जस्तै अबिर, केशरी आदि । खासगरी होली खेल्दा सुख्खा रंगको नै प्रयोग गर्नुपर्छ जुन रंग पानीमा मिसाउदा पनि सजिलैसँग पखाल्न सकिन्छ र यसको शरीरमा त्यस्तो असर पनि पुर्याउदैन । 

हानिकारक रंगबाट कसरी बच्ने ?

सनग्लास 

सबैभन्दा पहिला आँखालाई हानिकारक रंगबाट बचाउनु पर्छ, यसका लागि सकेसम्म सनग्लासको प्रयोग गर्नु आवश्यक छ। किनकी यसले आँखाको सुरक्षा गर्न मदत गर्छ । 

नरिवलको तेल

होली खेल्न जानुपुर्व शरीर र कपालमा राम्रोसँग नरिवलको तेल लगाएर जानुपर्छ। तेल लगाउनाले कुनै पनि रंग छालामा सजिलैसँग टाँसिन सक्दैन र तेल भएका कारण रंग धुँदा पनि सजिलैगरि जान्छ।  

साबुनपानीले नुहाउने 

नुहाउने समय कतिपय मानिसहरु डिटर्जेंटको प्रयोग गर्छ जुन गलत हो । राम्रो साबुन लगाई शरीर नुहाउनाले सजिलै छालामा लागेका रंग सजिलै जान्छ ।



 

होली रङ

विशेष