साराले सेयर गरिन् भाइ इब्राहिमसँग बिकिनीमा तस्बिर, ट्रोलर्सले भने, 'अलिकति लाज लाग्दैन' ?
एजेन्सी । छोटो समयमा नै बलिउडमा आफ्नो नाम स्थापित गर्न सफल अभिनेत्री सारा अलि खान बिशेषत तस्बिरका कारण धेरै चर्चामा आउने गर्छिन । हालै मात्र साराले इंस्टाग्राममा एक पोस्ट शेयर गरेकी छिन। जुन तस्बिरका कारण साराले चौतर्फी आलोचना व्यहोर्नु परेको छ ।
तस्बिरमा सारा भाई इब्राहिम खानका साथ बिकिनीमा पोज दिइरहेकी छिन । खास गरि साराले यो तस्बिर इब्राहिमको जन्मदिनको अवसर उनलाई विस गर्दै राखेकी थिइन्। तस्बिरका साथमा साराले क्याप्सनमा लेखेकी छिन ' जन्मदिनको शुभकामना भाई, तिम्ले भन्दा धेरै मैले तिमीलाई चिनेको छु, मिस यु, कास आज म तिमीसँगै हुन्थे।
साराको यो पोस्ट ट्रोलर्सलाई मन परेको छैन। कतिले कमेन्ट गर्दै भनेका छन 'भाईको अगाडी अलिकति लाज त मान, त्यस्तै अर्काले लेखेका छन यस्तो तस्बिर राखेर कसले जन्मदिनको विस गर्छ ? त्यस्तै तिमीले जन्मदिनको शुभकामना दिन अरु कुनै फोटो भेटेनौ।
यसका अलावा सारा यतिबेला बरुण धवनका साथमा चलचित्र कुली नम्बर १ को सुटिंगमा ब्यस्त छिन । केहि दिन अघि उनि कार्तिक आर्यनका साथमा लव आजकल २ मा देखिएकी थिइन् ।
#Sara Ali Khan #Ibrahim Ali Khan #Birthday Wish