खेल

फेरि आज मैदानमा भिड्दै सचिन र लारा

फेरि आज मैदानमा भिड्दै सचिन र लारा

काठमाडौंः ‘रोड सेफ्टी वर्ल्ड सिरिज’ २०२० अन्तर्गत पहिलो म्याचमा आज विश्व क्रिकेटका दुई हस्ती सचिन तेन्दुलकर र ब्रायन लाराको टिम खेल्दै छन् ।

सचिन नेतृत्वको इन्डिया लेजेण्ड्स र लारा कप्तान रहेको वेष्ट इन्डिज लेजेण्ड्सबीचको म्याच नेपाली समयअनुसार आज साँझ ७ः१५ बजेदेखि मुम्बईमा सुरु हुनेछ ।

यो सिरिज सडक सुरक्षा चेतना अभिवृद्धिका लागिका लागि भइरहेको हो । सचिनको टिममा विरेन्द्र सहवाग, युवराज सिंह, सन्जय बांगर, इरफान पठान, मनप्रीत गोनी, प्रज्ञान ओझा, मुनाफ पटेल, जाहीर खान, मोहम्मद कैफ लगायत पूर्व क्रिकेटर छन् ।

यता वेष्ट इन्डिजको टिममा लारासहित शिवनारायण चन्द्रपल, कार्ल हूपर, शमूएल बद्री, सुलिमान बेन, डन्जा हयात लगायत पूर्व स्टार क्रिकेटर छन् ।

सचिन तेन्दुलकर रोड सेफ्टी वर्ल्ड सिरिज ब्रायन लारा

विशेष