राशिफल

यो साता तपाईका लागि कस्तो रहला ? हेर्नुहोस साप्ताहिक राशिफल

यो साता तपाईका लागि कस्तो रहला ? हेर्नुहोस साप्ताहिक राशिफल

यो साता तपाईका लागि कस्तो रहला ?  हेर्नुहोस फागुन २४ गतेदेखि फागुन ३० गतेसम्मको तपाईको साप्ताहिक राशिफल ! 

मेष  (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) -  Aries

कुनै नयाँ काममा हात हाल्नुपुर्व सावधानी अपनाउनु पर्नेछगर्नु । विश्वासपात्रबाट धोका पाईएला विचार गर्नुहोला। मनमा द्विविधा उत्पन्न हुनेछ । साताको मध्यतिरबाट दिन रोमान्चक बन्दै जानेछन ।  नयाँ कार्यको योजमा पनि बन्नेछ ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) -Taurus

नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । शरीरमा स्फूर्ति र उमङ्ग छाउनेछ । बोलीको प्रभाव बढ्नेछ । दाम्पत्य जीवन सुखद रहला ।  बोलीको प्रभाव बढ्नेछ। 

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह) - Gemini

एक पछि अर्को अवसरले पछ्याउने छ । मनमा उत्साह र उमंग बढ्ने छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ । धार्मिक कार्यमा मन जानेछ। समग्रमा तपाईको यो साता सुखद रहने छ।  

कर्कट  (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) - Cancer

कला साहित्यको क्षेत्रमा रुचि बढ्नेछ । आतिथ्य सत्कार पाईएला । वैदेशिक कार्य अघि बढ्नेछ । नयाँ अवसर आउनाले मन प्रसन्न रहनेछ । साताको मध्यमा नियमित खर्च बढ्ने योग छ । शरीरमा स्फूर्ति र उमङ्गमा कमी आउनेछ ।

सिंह  (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) - Leo

नियमित कार्यमा ढिलासुस्ती देखिनेछ। यात्रामा माल समान हराउने प्रबल सम्भावना रहेको छ । मातापिताको आशिर्वादले महत्वपुर्ण कार्य सम्पादन हुनेछ। बुधवारबाट व्यापार तथा सेयर कारोबारमा रुचि बढ्नेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ ।  

कन्या  (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)  -Virgo

आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्नेछ । मित्र वा आफन्तको सहयोगबाट मिल्नेछ । नयाँ काम वा रोजगारको अवसर मिल्नेछ । साताको मध्यबाट कामहरु अधुरै रहलान् । लगानी डुव्ने भय छ अत: सचेत रहनु होला ।

तुला  ( र, रि, रु, रे, रो, ता, ति, तु, ते) - Libra

चिताएको कामले तीव्रता लिनेछ । पुनर्मिलनको योग रहेको छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । बोलीको प्रभाव पनि बढ्नेछ । नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । शुभकार्यको चर्चापनि चल्नेछ ।

बृश्चिक  (तो, ना, नि, नु, ने, नो, या, यि, यु)  - Scorpio

धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । धार्मिक कार्यमा सरिक भइने छ । शुभकार्यको चर्चा चल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । नयाँ सम्बन्धको प्रस्ताव आउने छ । 

धनु  (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)  - Sagittarius

यो सातामा समस्यापूर्ण र बेफाईदाका यात्रा हुनेछन् । मन खिन्न हुने स्थिति आउनेछ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । साताको अन्त्यबाट नयाँ कार्यको योजना बन्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ। 

मकर  ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)  - Capricorn

प्रेम तथा मित्रताको बन्धन कसिने समय छ । धार्मिक तथा सांस्कृतिक गतिविधिमा संलग्न हुने अवसर मिल्नेछ । वैदेशिक क्षेत्रबाट सफलता र रमाइलो यात्रा हुनेछ । साताको अन्त्यमा भने आफ्नो अधिकार प्राप्तिका लागि केहि संघर्श गर्नु पर्ला । 

कुम्भ  (गु, गे, गो, सा, सि, सु, से, सो, द)  -Aquarius

नयाँ कार्यको योजना बन्नेछ । धार्मिक कार्यमा मन जानेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।  आफन्तसँग भेटघाट हुनेछ । साहित्य लेखनको कार्यमा रुचि बढ्नेछ । पारिवारिक वातावरण सुखमय रहनेछ । 

मीन  (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)  - Pisces

प्राविधिक कार्यबाट अधिक सफलता मिल्नेछ । नयाँ सम्बन्ध स्थापित हुनेछ । वैदेशिक कार्य सहजै अघि बढ्नेछ । व्यापार तथा सेयर कारोबारमा रुचि बढ्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । धर्म,कर्म तथा समाजसेवामा पनि मन लाग्नेछ । समग्रमा तपाईको तो साता सुखद रहेको छ । 

#साप्ताहिक राशिफल

विशेष