स्वास्थ्य

रातो, खैरो, कालो या रातो चामलमध्ये स्वास्थ्यका लागि कुन चामल फाइदाजनक छ ? जानिराखौं

रातो, खैरो, कालो या रातो चामलमध्ये स्वास्थ्यका लागि कुन चामल फाइदाजनक छ ? जानिराखौं

चामल नेपालीहरुको अति मन पर्ने खाद्यान्न हो । चामलको विभिन्न परिकार बनाएर खाईन्छ । यसका साथै चामललाई धार्मिक हिसाबले पनि शुभ मानिन्छ। 

चामल विभिन्न प्रकारका हुन्छन। फरक फरक चामलको प्रकृति, रंग र पोषक तत्व पनि फरक फरक हुन्छन। यसै मध्ये कुन चामलको सेवन स्वास्थ्यका लागि फाइदाजनक छ भन्ने कुरा जान्न जरुरी छ , जानौं 

चामलमा पाइने तत्व 

सबै प्रकारका चामल पोषक तत्वले भरपुर् हुन्छ। १०० ग्राम खैरो रंगको चामलमा  ७७ प्रतिशत कार्बोहाइड्रेड, सेतो चामलमा ७९, कालो चामलमा ७२ र रातो चामलमा ६८ प्रतिशत कार्बोहाइड्रेड पाइन्छ । यसका अलावा चामलमा आइरन, भिटामिन, फाइबर लगायतका तत्व पाइन्छ ।   

-सेतो चामललाई बढी प्रसोधित गरिएकाले यसमा अन्य चामलको तुलनामा कम पौष्टिक तत्व पाइन्छ । फाइबर,भिटामिनको मात्रा कम हुने भएपछि यसको सेवन गरेको केहि क्षणमै भोक लाग्ने गर्दछ।  

-खैरो चामलमा सेतो रंगको चामलको तुलनामा बढी पोषक तत्व हुन्छ।  यो म्याग्नेसियम,आइरन र फाइबरको राम्रो सोत हो। फाइबरको कुरा गर्दा १०० ग्राम ब्राउन राइसमा ३.१ ग्राम फाइबर हुन्छ जबकि सेतो चामलमा १ ग्राम मात्र ।  

-रातो चामलमा एन्थोसायनिनको मात्रा पाइन्छ जसले गर्दा यो पौष्टिकयुक्त हुन्छ । नपकाईएको १०० ग्राम चामलमा ३६० क्यालोरी र ६.२ ग्राम फाइबर पाइन्छ । ब्राउन राइसको तुलनामा यसमा बढी फाइबर पाइन्छ जुन अन्य चामलको तुलनामा निकै नै फाइदाजनक छ। 

-त्यस्तै कालो चामलमा फाइबरको मात्रा ४.२ ग्राम हुन्छ । यसमा ग्लाइसेमिक इंडेक्स अधिक मात्रामा पाइन्छ त्यसै कारणले यसको सेवन पश्चात खाना नपच्ने तथा लामो  समयसम्म भोक नलाग्ने समस्या उत्पन्न हन्छ। 

चामल

विशेष