मनोरञ्जन

हेलम्बुमा विश्वसुन्दरी टोनी

हेलम्बुमा विश्वसुन्दरी टोनी

सिन्धुपाल्चोक । २०१९ कि बिश्व सुन्दरी जमैकाकि टोनी एन सिंहले सिन्धुपाल्चोकमा बिभिन्न स्थानको भ्रमण गरेकी छिन । ब्युटी विथ प्रपोज  परीयोजनाले सन्चालन गरेका बिभिन्न कार्यक्रम र हेलम्बु गाउँपालिकाले निर्माण गर्दै गरेको हिमालयन ग्रेट ट्रेल अनुगमनका लागी सिंह सिन्धुपाल्चोक पुगेकी हुन् । 

२ दिने नेपाल भ्रमणमा नेपाल आएकी मीस वल्र्ड टोनीसहित नेपाल सुन्दरी अनुष्का श्रेष्ठ तथा पुर्व  नेपाल सुन्दरी श्रृंखला खतिवडा सहितको समुहले शुक्रबार हेलम्बुको सुर्सिं, कुटुम्साङ लगाएत बिभिन्न हिमाली श्रृंखलाहरुको अनुगमन तथा दृष्यावलोकन गरेको हो । बर्षौं देखिको नेपाल आउने सपना  पुरा भएको र यस क्षेत्रको वातावरणले आफूलाई उत्साहित गराएको टोनीले बताईन । 

यो भ्रमणले यहाँको पर्यटनमा टेवा पुग्ने कामको सुरु भएको छ । बिश्व सुन्दरी आयोजक संस्थाकि अध्यक्ष जुलिया मोर्लिले यस क्षेत्रको बिकासका लागी तत्काल २० हजार डलर सहयोग गर्ने घोषणा गरिन। 

वातावरणीय सुन्दरताबाट थप लाभान्वित हुन आफु फेरी पनि नेपाल आउने पनि मीस वल्र्ड टोनीको भनाइ छ । व्युटि विथ प्रपोज परीयोजनाले यहाँको सुर्सिंका महिलाहरुको आर्थीक अवस्था  र बालबालिकाको शिक्षाको सुधारका  लागी गलैंचा बुनाइ, जडिबुटिको धुप निर्माण तथा ग्रेट ट्रेलका लागी ढुंगा काट्ने मेसिन सहित आय आर्जनमा टेवा पुर्याउने कामहरु गर्दै आएको स्थानीयले  वताएका छन ।

 

मिस वर्ल्ड हेलम्बु

विशेष