खेल

विश्वकप क्रिकेटः अष्ट्रेलियालाई हराएर इतिहास रच्ने दाउमा भारत

विश्वकप क्रिकेटः अष्ट्रेलियालाई हराएर इतिहास रच्ने दाउमा भारत

काठमाडौंः आइसीसी टी–२० महिला विश्वकप क्रिकेटको उपाधिका लागि आज भारत र घरेलु टोली अष्ट्रेलिया खेल्दै छन् । भारत र अष्ट्रेलियाबीचको विश्वकप फाइनल नेपाली समयअनुसार दिउँसो १२ः४५ बजेदेखि सुरु हुँदैछ ।

हालसम्म भारतले टी–२० महिला विश्वकप क्रिकेटको उपाधि जित्न सकेको छैन । अष्ट्रेलियाले भने ४ पटक विश्वकपको उपाधि हात पारिसकेको छ । अष्ट्रेलिया गत संस्करण विश्वकपको विजेता टिम पनि हो ।

भारतीय टिम सेमिफाइनल म्याच नखेलेर फाइनलमा स्थान बनाउन सफल भयोे । सेमिफाइनलमा इंग्ल्याण्डसँगको म्याचमा वर्षा बाधक भनेपछि भारत समूह चरणमा सबै खेल जितेको आधारमा फाइनलमा प्रवेश गरेको हो ।

अष्ट्रेलिया भने समूह चरणमा दक्षिण अफ्रिकालाई पराजित गर्दै फाइनलमा स्थान बनाउन सफल भयो । विश्वकपको फाइनलमा अष्ट्रेलियाको टिममा मेघ ल्यानिङ र भारतीय टोलीमा हरमनप्रीत कौर कप्तान रहेकी छिन् ।

टी–२० महिला विश्वकप क्रिकेट भारतविरुद्ध अष्ट्रेलिया

विशेष