खेल

टी–२० विश्वकप फाइनलः भारतविरुद्ध अष्ट्रेलियाको शानदार सुरुवात

टी–२० विश्वकप फाइनलः भारतविरुद्ध अष्ट्रेलियाको शानदार सुरुवात

काठमाडौंः आइसीसी टी–२० महिला विश्वकप क्रिकेटको उपाधिकाका लागि भइरहेको खेलमा भारतविरुद्ध घरेलु टोली अष्ट्रेलियाले उत्कृष्ट सुरुवात गरेको छ ।

टस जितेर ब्याटिङ रोजेको अष्ट्रेलियाले ६ ओभको खेल सकिँदा बिनाविकेट ४९ रन बनाइसकेको छ । उसका लागि ओपनर एलिसा हेली ३० र बेथ मोनी १९ रन बनाएर खेलिरहेकी छन् ।

अष्ट्रेलिया महिला टिमले हालसम्म ४ पटक टी–२० विश्वकपको उपाधि हात पारिसकेको छ । ऊ गत संस्करण विश्वकपको विजेता टिम पनि हो । भारतले भने हालसम्म टी–२० महिला विश्वकप क्रिकेटको उपाधि जित्न सकेको छैन ।

भारतीय टिम सेमिफाइनल म्याच नखेलेर फाइनलमा स्थान बनाउन सफल भयोे । सेमिफाइनलमा इंग्ल्याण्डसँगको म्याचमा वर्षा बाधक भनेपछि भारत समूह चरणमा सबै खेल जितेको आधारमा फाइनलमा प्रवेश गरेको हो ।

अष्ट्रेलिया भने समूह चरणमा दक्षिण अफ्रिकालाई पराजित गर्दै फाइनलमा स्थान बनाउन सफल भयो । विश्वकपको फाइनलमा अष्ट्रेलियाको टिममा मेघ ल्यानिङ र भारतीय टोलीमा हरमनप्रीत कौर कप्तान रहेकी छिन् ।

भारतविरुद्ध अष्ट्रेलिया टी–२० महिला विश्वकप

विशेष