खेल

टी–२० विश्वकप फाइनलः भारतविरुद्ध चौका–छक्काको वर्षा गर्दै हेली आउट

टी–२० विश्वकप फाइनलः भारतविरुद्ध चौका–छक्काको वर्षा गर्दै हेली आउट

काठमाडौंः आइसीसी टी–२० महिला विश्वकप क्रिकेटको फाइनलमा भारतविरुद्ध अष्ट्रेलिया टिमकी ओपनर एसिया हेलीले शानदार ब्याटिङ गरेकी छिन् । उनले फाइनलमा भारतविरुद्ध ३९ बलमा ५ छक्का र ७ चौका प्रहार गर्दै ७५ रनको विस्फोटक पारी खेलिन् ।  

जारी विश्वकपमा हेलीको यो तेस्रो अर्धशतक हो । हेली अष्ट्रेलियन लोकप्रिय बलर मिचेल स्टार्ककी श्रीमती पनि हुन् । स्टार्क दक्षिण अफ्रिकासँगको वानडे सिरिजको अन्तिम म्याच नखेलेरै विश्वकप फाइनलमा श्रीमतीको म्याच हेर्न स्वदेश फर्किएका थिए । उपाधिका लागि भइरहेको खेलमा अष्ट्रेलियाले उत्कृष्ट सुरुवात गरेको छ ।

टस जितेर ब्याटिङ रोजेको अष्ट्रेलियो १२ ओभरमा एक विकेट गुमाएर १ सय १७ रन बनाएको छ ।अष्ट्रेलिया महिला टिमले हालसम्म ४ पटक टी–२० विश्वकपको उपाधि हात पारिसकेको छ । ऊ गत संस्करण विश्वकपको विजेता टिम पनि हो ।

भारतले भने हालसम्म टी–२० महिला विश्वकप क्रिकेटको उपाधि जित्न सकेको छैन । भारतीय टिम सेमिफाइनल म्याच नखेलेर फाइनलमा स्थान बनाउन सफल भयोे । सेमिफाइनलमा इंग्ल्याण्डसँगको म्याचमा वर्षा बाधक भनेपछि भारत समूह चरणमा सबै खेल जितेको आधारमा फाइनलमा प्रवेश गरेको हो ।

अष्ट्रेलिया भने समूह चरणमा दक्षिण अफ्रिकालाई पराजित गर्दै फाइनलमा स्थान बनाउन सफल भयो । विश्वकपको फाइनलमा अष्ट्रेलियाको टिममा मेघ ल्यानिङ र भारतीय टोलीमा हरमनप्रीत कौर कप्तान रहेकी छिन् ।

टी–२० महिला विश्वकप क्रिकेट भारतविरुद्ध अष्ट्रेलिया

विशेष